संसदीय समितिको नेतृत्वको लागि भदौ ११ मा निर्वाचन, दलको सिन्डिकेटले रास्वपा र राप्रपा नेतृत्वहीन

संसदीय समितिको नेतृत्वको लागि भदौ ११ मा निर्वाचन, दलको सिन्डिकेटले रास्वपा र राप्रपा नेतृत्वहीन

काठमाडौँ : संसद्को कार्य व्यवस्था परामर्श समितिको बैठकमा संसदीय समितिका सभापतिको निर्वाचनको मितिमा सहमति भएको छ। बैठकमा भएको सहमति अनुसार समितिको सभापति भदौ ११ गते १ बजे तोकिएको छ।

प्रतिनिधिसभा सुरु भएको ८ महिना पुग्न लाग्दा पनि दलहरूबिच सहमति नहुँदा संसदीय समितिहरूले नेतृत्व पाउन सकेको छैन। बिहीबार सभामुख देवराज घिमिरेले कार्य व्यवस्था समितिको बैठक राखेका थिए।

प्रतिनिधिसभा अन्तर्गत १० वटा विषयगत समिति छन् भने राष्ट्रियसभाका सदस्यहरूको प्रतिनिधित्व सहित २ वटा संयुक्त समिति छन्। त्यसमध्ये नेपाली कांग्रेसले ४ वटा, एमालेले ३, माओवादी केन्द्रले २, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीले १-१ वटा समितिको सभापति पाउने दलहरूबिच सहमति भइसकेको छ।

ठुला दलबिचको सिन्डिकेटले एकीकृत समाजवादी र जसपाले समितिको नेतृत्व पाउँदा यी दुवै दलभन्दा ठुलो राष्ट्रिय स्वतन्त्र पार्टी अनि राष्ट्रिय प्रजातन्त्र पार्टीले भने कुनै समितिको नेतृत्व पाउन सकेनन्।

७ भदौ, २०८०, १३:५२:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।