बनस्थलीमा बसको ठक्करबाट बाबु आमाको मृत्यु, छोरी घाइते

बनस्थलीमा बसको ठक्करबाट बाबु आमाको मृत्यु, छोरी घाइते

काठमाडौं : काठमाडौंको बनस्थलीमा आइतबार बिहान बसको ठक्करबाट बाबुआमाको मृत्यु भएको छ। छोरी घाइते भएकी छन्।

बनस्थलीको अन्नपूर्ण चोकमा बिहान साढे ७ बजे बालाजुबाट कलंकीतर्फ आउँदै गरेको दरौंदी यातायातको बसले विपरीत दिशातर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिदाँ उक्त दुर्घटना भएको हो।

दुर्घटनामा सिन्धुपाल्चोक साँगाचोकगडी नगरपालिका घर भएकी ३२ वर्षीय अनिता थापा र उनका श्रीमान रामकुमार भारतीको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा अन्दाजी १० वर्षकी बालिका घाइते भएकी छन् ।

उनको टाउकोमा चोट लागेको र स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

बस चालक धादिङको गंगाजमुना गाउँपालिका–७ घर भएका ४१ वर्षीय दानबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

३ भदौ, २०८०, १०:५६:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।