उकेरा टप फाइभ : गायिका बेनिशाको तीतो अनुभवदेखि नेतासँगको सम्बन्धले प्रहरी नेतृत्वमा देखिएका प्रभावसम्मको प्रसङ्ग

उकेरा टप फाइभ : गायिका बेनिशाको तीतो अनुभवदेखि नेतासँगको सम्बन्धले प्रहरी नेतृत्वमा देखिएका प्रभावसम्मको प्रसङ्ग

काठमाडौं : शनिबार विभिन्न राजनीतिक दलले आफ्नो विभिन्न कार्यक्रम गरे। इलाममा भएको कार्यक्रममा कांग्रेस महामन्त्री गगनकुमार थापाले पार्टीले कुनै पनि अपराधीलाई नबोक्ने बताए। नक्कली भुटानी शरणार्थी प्रकरण र ललिता निवास प्रकरणको विषयलाई लिएर थुनामा रहेका र नाम मुछिएकाहरूप्रति संकेत गर्दै इलाम पुगेर उनले यस्तो बताए।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले कोशी प्रदेशको विश्वासको मतका लागि ठूलो प्रलोभन देखाइएको आरोप लगाए। सामाजिक सञ्जालमार्फत नै प्रति सांसद् १० करोड रुपैयाँ अफर गरेको र मन्त्री बनाइदिने आश्वासन समेत दिएको बताए। कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सोमबार विश्वासको मत लिँदैछन्।

यस्तै भारतबाट नेपाल आएको विवादित बागेश्वर बाबा उर्फ धिरेन्द्रकृष्ण शास्त्रीले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र परराष्ट्रमन्त्री एनपी साउदसँग सानेपामा गोप्य भेट गरे। यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्ने भनिए पनि उनीहरूले भेट दिएनन्।

अब लागौं उकेरा टप फाइभतर्फः
शुक्रबार बिहान उकेराले सरुवाको त्रास देखाउँदै सत्ता गठबन्धन डा. बाबुराम भट्टराई र माधव नेपाललाई सोधपुछको सामान्य प्रक्रियामा समेत संलग्न नगराउन सक्रिय भएको समाचार लेख्यो।
पूरा समाचारः भुटानी शरणार्थी प्रकरणमा जोगिन प्रेम राई ललिता निवासको पूरक अनुसन्धानमा मौन, नेपालको व्यवहार शंकास्पद

मध्यान्ह उकेराले मनहरी चापागाईंको एक लेख प्रकाशित गर्यो। जसमा ब्याचलर पछिको अन्योलताबारे लेखिएको छ। विवाह, करिअर, जागिर वा विदेश के गर्ने त भनेर लेखकले आफ्नो मनोभावना उक्त लेखमा समावेश गरे।
पूरा समाचारः ब्याचलर त सकियो, ह्वाट नेक्स्ट!

दिउँसो उकेराले आफ्नो नियमित स्तम्भ डाक्टरका सुख–दुःख प्रकाशित गर्यो। जसमा एनेस्थेसियोलोजिष्ट डा. आशिष गोविन्द अमात्यले आफ्नो उपचार अनुभव समेटेका छन्। उनले विशेषतः कोरोना भाइरसको संक्रमणको समयमा आफूले भोगेका अनुभवहरू उकेरासँग साटे।
पूरा समाचारः डा. आशिषको उपचार अनुभवः ती २३ वर्षीय युवकले प्राण त्यागेपछि मन आत्तियो, सम्झँदा अहिले पनि झस्कन्छु

साँझपख उकेराले गायिका बेनिशा पौडेलसँगको अन्तर्वार्ता प्रकाशित गर्यो। उकेरासँगको कुराकानीमा उनले आफ्नो रियालिटी शोहरूमा जाँदाको अनुभव तथा सुरुवाती दिनमा गीतसंगीतमा लाग्दा भोग्नुपरेको दुर्व्यवहारका विषयका बारेमा समेत खुलेर बोलिन्।
पूरा समाचारः ठिकठिकै चलेका संगीतकारले गीत गाउन बोलाए, इन्टेन्सन बुझेपछि म आफैँ साइड लागेँ– गायिका बेनिशा पौडेल

यस्तै, राति उकेराले नेपाल प्रहरी र शक्तिमा रहने राजनीतिक दलका नेताबीचको सम्बन्धले प्रहरी नेतृत्वमा परेको प्रभावका बारेमा समाचार लेख्यो। यसै क्रममा पछिल्लो समय प्रधानमन्त्री प्रचण्डले आईजीपी बनाउने आश्वासन दिएका श्यामलाल ज्ञवालीलाई अहिले आएर छायाँ आईजीपी मानिने काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट सरुवा गरे।
पूरा समाचारः नेता–प्रहरी नेक्ससः स्वार्थ मिल्दा काखी, बाझिए आँखी

२ भदौ, २०८०, २२:००:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।