हृदयाघातका कारण एसपी थपलियाको निधन

हृदयाघातका कारण  एसपी थपलियाको निधन

काठमाडौं : पर्सामा कार्यरत सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाको निधन भएको छ।

वीरगन्जस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ४४ वर्षीय सुमन थपलियाको हृदयाघात (हार्ट अट्याक)बाट मृत्यु भएको अस्पतालले जनाएको छ।

वीरगन्जस्थित बयोधा मेडिसिटी अस्पतालमा उपचारका क्रममा शनिबार दिउँसो १ बजेतिर उनको निधन भएको सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी राजेन्द्र खड्काले जानकारी दिए।

शनिबार बिहान ११ बजेतिर गण परिसरमै रहेको आवासमा रहेका बेला  थपलिया अचानक अचेत भएर लडेका थिए। लगत्तै उनलाई उपचारका लागि बयोधा मेडिसिटी अस्पतालमा लगिएको थियो।

भदौ २, २०८० शनिबार १४:५६:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।