इङ्लिस च्यानलमा आप्रवासी बोकेको डुंगा पल्टिँदा छ जनाको मृत्यु, १० जना बेपत्ता

इङ्लिस च्यानलमा आप्रवासी बोकेको डुंगा पल्टिँदा छ जनाको मृत्यु, १० जना बेपत्ता

काठमाडौं : इङ्ल्यान्ड र फ्रान्सबीचको संसारको सबैभन्दा व्यस्त ढुवानी मार्ग मध्येको एक इङ्लिस च्यानलमा आप्रवासी बोकेको डुङ्गा पल्टिँदा छ जनाको मृत्यु भएको छ।

दुर्घटनामा अझै १० जना बेपत्ता छन्, जसको खोजी कार्य जारी छ।

शनिबार दर्जनौं आप्रवासी बोकेको एउटा डुङ्गा फ्रान्सको तटमा डुबेको थियो। हालसम्म डुंगामा सवार ५० जनालाई उद्धार गरी दुवै छेउमा ल्याइएका छन्।

बेलायतको शरणार्थी परिषद्ले दुर्घटनामा ज्यान गुमाएकाहरूको मृत्युप्रति दुःख व्यक्त गरेको छ।

विगत पाँच वर्षमा १० लाखभन्दा बढी आप्रवासीहरूले फ्रान्सबाट बेलायत जाने च्यानल पार गर्न साना डुङ्गाहरू प्रयोग गरेका छन्।

साउन २७, २०८० शनिबार २२:२०:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।