डुबान सुरु भएपछि प्रधानमन्त्रीलाई बल्ल आयो ज्ञान, विपद् व्यवस्थापनको पूर्वतयारी गर्न निर्देशन

डुबान सुरु भएपछि प्रधानमन्त्रीलाई बल्ल आयो ज्ञान, विपद् व्यवस्थापनको पूर्वतयारी गर्न निर्देशन

काठमाडौं : रातभरको अविरल वर्षाले काठमाडौंका अधिकांश नदी तटीय क्षेत्र डुबानमा परेको छ। काठमाडौं भित्रिने चारवटै स्थलमार्ग पहिरोले बन्द छ।

बाढी पहिरोको वितण्डा सुरु भएपछि मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बल्ल आज (मंगलबार)बाट तातेका छन्, विपद् व्यवस्थापनको पूर्वतयारीका लागि। 

प्रचण्डको सचिवालयले प्रेसित गरेको प्रेस नोटअनुसार उनले मंगलबार वर्षायाममा प्राकृतिक प्रकोपबाट हुनसक्ने सम्भावित क्षतिप्रति पूर्वसतर्कता अपनाउन र विपद् व्यवस्थापनको पूर्वतयारी प्रभावकारी बनाउन प्रहरी नेतृत्वलाई निर्देशन दिए।

मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डले प्रहरी महानिरीक्षक वसन्त कुंवरलाई वर्षाका कारण विभिन्न जिल्लामा आएको बाढीपहिरोबाट ठूलो धनजनको क्षति भएको प्रति सचेत रहन आग्रह गर्दै उक्त निर्देशन दिएको प्रेस नोटमा उल्लेख छ।

प्रधानमन्त्रीले उद्धार, राहत र पुनर्स्थापनाका लागि सम्पूर्ण रूपले सक्रिय हुन निर्देशन दिएको प्रेस नोटमा दाबी गरिएको छ।

साउन २३, २०८० मंगलबार १३:२६:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।