प्रचण्डलाई भेट्न बालुवाटार पुगे ओली, संसद्को अवरोध हटाउन छलफल

प्रचण्डलाई भेट्न बालुवाटार पुगे ओली, संसद्को अवरोध हटाउन छलफल
फाइल फोटो

काठमाडौं : संसद्को अवरोध खुलाउने लगायत समसामयिक राजनीतिक विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। 

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रतिनिधिसभाको बैठक सहज ढङ्गले सञ्चालन गर्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

आइतबार पनि प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताबीच संसद्को अवरोध खुलाउने लगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो।

१५ साउन, २०८०, ११:४६:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।