मिटरब्याजसम्बन्धी विधेयक संसदबाट सर्वसम्मतले पारित

मिटरब्याजसम्बन्धी विधेयक संसदबाट सर्वसम्मतले पारित

काठमाडौँ : प्रतिनिधि सभा बैठकले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० प्रतिनिधि सभाले सर्वसम्मतिले पारित गरेको हो। 

राष्ट्रिय सभामा उत्पत्ति भएको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पारित गरियोस् भन्ने प्रस्ताव कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रस्तुत गरेका थिए। 

प्रस्तावमा प्रतिनिधि सभाका १४ जना सांसदहरुले संशोधन प्रस्ताव दर्ता गरेका थिए। सांसदहरुले दर्ता गराएको संशोधनमा मन्त्री गुरुङले प्रस्तावमा एकीकृत गरेर लैजाने प्रतिबद्धता जनाएपछि विधेयक सर्वसम्मतिले पारित भएको हो।

राष्ट्रिय सभाबाट पारित भइसके पनि यो फेरि राष्ट्रियसभामा जानेछ र राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐन बन्नेछ। 

यस विधेयक पारित भएसँगै मिटरब्याज पीडितहरूले न्याउने पाउने भएका छन्। 

३१ असार, २०८०, २२:२०:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।