ललिता निवास प्रकरण : थप २ पूर्वसरकारी कर्मचारी पक्राउ

ललिता निवास प्रकरण : थप २ पूर्वसरकारी कर्मचारी पक्राउ

काठमाडौं : ललिता निवास जग्गा प्रकरणमा मंगलबार थप दुई पूर्वसरकारी कर्मचारी पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पूर्व नायब सुब्बा युवराज पौडेल र खरिदार नारायणदास श्रेष्ठलाई पक्राउ गरेको हो।

यी दुवै डिल्लीबजार स्थित मालपोत कार्यालयका दुई पूर्वकर्मचारी हुन्। दुवै जनालाई काठमाडौंबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

२६ असार, २०८०, १३:४५:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।