ल्याब दर्ता गरिदिने भन्दै ५० हजार घुस, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका ल्याब टेक्नोलोजिष्टविरुद्ध भ्रष्टाचार मुद्दा

ल्याब दर्ता गरिदिने भन्दै ५० हजार घुस, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका ल्याब टेक्नोलोजिष्टविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कार्यरत मेडिकल ल्याब टेक्नोलोजिष्ट लेखनाथ भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा भट्टराईले ल्याब दर्ता प्रक्रियामा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग ५० हजार रुपैयाँ माग गरी लिएको पुष्टि भएको प्रवक्ता भोला दाहालले जानकारी दिए।

उनीउपर ५० हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को (ख) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना समेत मागदाबी गरिएको छ।

२१ असार, २०८०, १७:४०:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।