काठमाडौँ नापी कार्यालयका सर्वेक्षक र लेखापढी व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ नापी कार्यालयका सर्वेक्षक र लेखापढी व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँः घुससहित पक्राउ परेका काठमाडौँस्थित नापी कार्यालय मनमैंजुका नापी सर्वेक्षक रमेश उपरकोटीसहित लेखापढी व्यवसायी अभिषेक कार्कीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।  

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरू दुवैलाई १ लाख ७५ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो।  

जग्गाको कित्ताकाट गरी राजीनामा पास गर्ने क्रममा सेवाग्राहीसँग घस लिइरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्। 

उनीहरूविरुद्ध आइतवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए। 

नापी सर्भेक्षक उपरकोटीले जग्गा कित्ताकाट गरी राजीनामा पास गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग उक्त रकम घुस माग गरी लेखापढी व्यवसायी कार्कीमार्फत लिन लगाएका आयोगले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।  

दुवै जनाविरुद्ध एक लाख ७५ हजार रुपैयाँ बिगो र जरिवाना माग गरिएको छ। 

१७ असार, २०८०, १८:२५:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।