२९ गाउँपालिकाले ल्याएनन् बजेट, मधेश प्रदेशका धेरै

२९ गाउँपालिकाले ल्याएनन् बजेट, मधेश प्रदेशका धेरै

काठमाडौं : देशका २९ गाउँपालिकाले अझै पनि नीति तथा कार्यक्रम र बजेट पेश गर्न सकेका छैनन्।

संविधानअुसार असार १० गतेभित्र पेश गरिसक्नुपर्ने बजेट ४६० गाउँपालिकामध्ये ४३१ गाउँपालिकाले मात्र पेश गरेको गाउँपालिका राष्ट्रिय महासंघ नेपालले जनाएको छ।

सोमबार विज्ञप्ति निकालेर महासंघका महासचिव खिमबहादुर थापाले बजेट पेश गर्न नसकेको २९ गाउँपालिकाहरूमा गाउँ सभाको अधिवेशन नै सुरु हुन नसकेको उल्लेख गरेको छ।

सुदूरपश्चिम प्रदेशका सबै गाउँपालिकाले बजेट पेश गर्दा मधेश प्रदेशका १३ गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट पेश गरेका छैनन्।

कोशीका ८८ मध्ये ३, मधेशका ५९ मध्ये १३, बागमतीका ७४ मध्ये ३, गण्डकीका ५८ मध्ये २, लुम्बिनीको ७३ मध्ये ४, कर्णालीको ५४ मध्ये ४ गाउँपालिकाले बजेट पेश गरेका छैनन्।

११ असार, २०८०, १८:२४:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।