तीन मेयरले रोके ‘आदिपुरुष’को प्रदर्शन

तीन मेयरले रोके ‘आदिपुरुष’को प्रदर्शन

काठमाडौं : नेपालका तीन  स्थानीय तहका प्रमुखलेविवादित भारतीय फिल्म ‘आदिपुरुष’ को प्रदर्शन रोकेका छन्।

जानकी अर्थात् सीता भारतकी छोरी भन्ने विवादस्पद संवाद राखिएपछि नेपालमा यस फिल्मको चर्को विरोध भइरहेको छ।

शुरूमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले यस फिल्म प्रदर्शनमा रोक लगाएका थिए।

त्यसपछि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य पनि बालेनकै पक्षमा उभिए। उनले पनि पोखरा महानगरपालिका क्षेत्रभित्र फिल्म ‘आदिपुरुष’ नचलाउन नदिने घोषणा गरे।

यस्तै, धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ राईले देशको स्वाभिमानमाथि कसैले प्रहार गर्छ भन् त्यो सह्य नभएको भन्दै उक्त फिल्म चलाउन नदिने बताएका छन्।

फिल्ममा भएको ‘सीता भारतकी छोरी’ भन्ने संवादका कारण नेपालमा फिल्म विवादित बनेको छ।

तर, यता ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले भने विवादित संवाद सच्चिएसँगै अन्य हिन्दी फिल्मलाई रोक लगाउनुको कुनै अर्थ नभएको बताएका छन्।

४ असार, २०८०, १५:५०:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।