प्रधानमन्त्री प्रचण्डद्वारा महाकालेश्वरपछि पशुपतिनाथ दर्शन, केही मन्त्री पनि साथमै

प्रधानमन्त्री प्रचण्डद्वारा महाकालेश्वरपछि पशुपतिनाथ दर्शन, केही मन्त्री पनि साथमै

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्।

शनिबार अपरान्ह प्रधानमन्त्री दाहालसहित मन्त्रीहरूको टोलीले पशुपतिनाथ मन्दिरको दर्शन गरेका हुन्।

प्रधानमन्त्री दाहालको साथमा अर्थमन्त्री डा. प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री शक्ति बस्नेत, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल लगायतका मन्त्रीले पशुपतिको दर्शन गरेका हुन्।

उनीहरूलाई संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीसहित पशुपति क्षेत्र विकास कोषका सदस्य सचिवले स्वागत तथा विदाइ गरेका थिए।

प्रधानमन्त्रीसहितका मन्त्रीहरूले यसअघि भारतको भ्रमणको क्रममा मध्यप्रदेशको उज्जैनमा रहेको महाकालेश्वर मन्दिरको दर्शन गरेका थिए। गेरुवस्त्र लगाएर उनीहरूले मन्दिर दर्शन गरेको तस्बिरले खुब चर्चा पाएको थियो।

त्यहि समयमा नेपालको पशुपतिनाथ दर्शन गर्न कहिल्यै नआउने प्रधानमन्त्री र मन्त्रीहरूले विदेशको मन्दिर भ्रमण गरेको भन्दै आलोचनासमेत भएको थियो।

२७ जेठ, २०८०, १९:४६:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।