राष्ट्रपति पौडेलद्धारा डा. आचार्यलाई युगकवि सिद्धिचरण पुरस्कार प्रदान

राष्ट्रपति पौडेलद्धारा डा. आचार्यलाई युगकवि सिद्धिचरण पुरस्कार प्रदान

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको युगकवि सिद्धिचरण श्रेष्ठका नाममा स्थापित युगकवि सिद्धिचरण पुरस्कार प्राध्यापक डा. जयराज आचार्यलाई प्रदान गरेका छन्।

युगकवि सिद्धिचरण प्रतिष्ठानले युगकवि सिद्धिचरण श्रेष्ठको ११२औं जन्मजयन्तीका अवसरमा सोमबार शीतलनिवासमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले भाषा, साहित्य र कुटनीतिको क्षेत्रमा योगदान पुर्याएवापत आचार्यलाई सो पुरस्कार प्रदान गरेका हुन्।

यो पुरस्कारको राशी १ लाख रुपैयाँ हो।

यसैगरी राष्ट्रपति रामचन्द्र पौडेलले यसवर्षको युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार पत्रकार चेतनाथ धमलालाई प्रदान गरे। यो पुरस्कारको राशी २५ हजार नगद थियो।

कार्यक्रममा राष्ट्रपति पौडेलले प्रतिष्ठानमा कार्यरत जनक खड्कालाई कदरपत्र प्रदान गरे।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष वैरागी काइला, संरक्षक रविचरण श्रेष्ठ, पुरस्कृत व्यक्तित्व आचार्य, प्राडा मोहन लोहनीले युगकवि सिद्धिचरणको साहित्य साधना, बहुआयामिक व्यक्तित्व र कृतित्वबारे प्रकाश पारेका थिए।

२२ जेठ, २०८०, १८:०८:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।