बागमती र विष्णुमती किनारका अनाधिकृत बस्ती हटाइने

बागमती र विष्णुमती किनारका अनाधिकृत बस्ती हटाइने

काठमाडौं : सरकारले बागमती र विष्णुमतीको किनारमा रहेको अनाधिकृत बस्ती हटाउने भएको छ।

आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले स्थानीय तहसँगको समन्वयमा वास्तविक सुकुम्बासीको वैकल्पिक व्यवस्थापन गरी बागमती र विष्णुमती नदी किनारमा रहेका अनाधिकृत बस्ती हटाउने बताएका हुन्।

काठमाडौं महानगरले बागमती र विष्णुमती किनारमा रहेको अनाधिकृत बस्ती हटाउन संघीय सरकारसँग सहयोग माग्दै आइरहेको बेला सरकारले त्यसलाई बजेटमै समेटेको हो।

१५ जेठ, २०८०, १८:२८:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।