स्केटबोर्ड पार्क बनाउँदै काठमाडौं महानगर

स्केटबोर्ड पार्क बनाउँदै काठमाडौं महानगर
तस्बिर- स्केटनेपाल

काठमाडौं : काठमाडौं महानगरपालिकाले स्केटबोर्ड पार्क बनाउने भएको छ।

महानगरपालिकाको वडा नम्बर १६ मा स्केटबोर्ड पार्क बनाउन लागिएको महानगरको सार्वजनिक निर्माण विभागले जनाएको छ।

विभागले आइतबार सार्वजनिक सूचना निकालेर त्यसका लागि टेन्डर आह्वान गरेको छ।

पार्क बनाउन महानगरले १९ लाख २७ हजारको बजेट निर्धारण गरेको छ। योग्यता पुगेको नेपाली निर्माण कम्पनीले असार १२ गतेसम्म टेन्डरमा सहभागी हुनसक्ने सूचनामा उल्लेख छ।

जेठ १४, २०८० आइतबार १७:३०:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।