बंगलादेशमा कवि धमला सम्मानित

बंगलादेशमा कवि धमला सम्मानित

काठमाडौं : कवि भोजकुमार धमला बंगलादेशमा सम्मानित भएका छन्।

रास्ट्रिय कविता मञ्च तथा वर्ल्ड वाइड राइटर्स एसोसिएसन बंगलादेशले ‘अन्तराष्ट्रिय नाजरुल कबि गोष्ठी–२०२३’ को अवसरमा धमलालाई ‘इमरजिङ पोइट अफ दि हिमालय’ भनेर सम्मान गरेको हो।

धमलाले हालै अंग्रेजी कवितासंग्रह ‘द सेल्फिस सिटी’ ल्याएका छन्। कार्यक्रममा बंगलादेशी कवि तथा वर्ल्डवाइड राइटर्स एसोसिएसन बंगलादेशका अध्यक्ष मोहम्मद साम्सुल हक बाबुले उनको कविता कृतिबारे चर्चा गरेका थिए।

त्यस्तै सेगुनबगैँचास्थित इन्टरनेसनल मदर ल्यांग्बेज इन्स्टिच्युट बंगलादेशमा आयोजित अस्ट्रेलिया बसोबास गर्दै आएका अर्का नेपाली मुलका अस्ट्रेलियन कवि कुमाराज सुवेदीलाई सम्मान गरिएको थियो।

उनलाई ‘पोइट अफ दि इभेन्ट’ अवार्ड प्रदान गरिएको थियो। सुवेदीको ‘द कलर अफ् इस्प्रिंग’ कवितासंग्रह प्रकाशित छ।

विश्वका विभिन्न देशका कविहरू उपस्थित कार्यक्रममा  बंगलादेशी लेखक महमुदुल हसन निजामिले ‘द कलर अफ इस्प्रिंग’ कविता संग्रहबारे चर्चा गरेका थिए।

१२ जेठ, २०८०, १६:४९:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।