जडीबुटी प्रहरी बिटमा महानगरले चलायो डोजर

जडीबुटी प्रहरी बिटमा महानगरले चलायो डोजर

काठमाडौंः काठमाडौँ महानगरपालिकाले जडीबुटीको अस्थायी प्रहरी बिटमा डोजर चलाएको छ।

पछिल्लो समय महानगरभित्र सडक मिचेर बनाइएका भौतिक संरचनाप्रति आक्रामक बन्दै गएको महानगरले केही दिनअघि मैतीदेवीमा रहेको प्रहरी बिट पनि डोजर लगाएर भत्काएको थियो। त्यस्तै पुरानो बसपार्कमा पनि सडक संरचना ओगटेर बनाइएको प्रहरी बिट महानगरले भत्काएको थियो। 

महानगरपालिका प्रमुख बालेन शाहले बेलाबेलामा सामाजिक सञ्जालमा सडक मिचेर बनाइएका पूर्वाधारलगायत संरचना हटाउन आग्रह गर्दै आएका छन्। 

८ जेठ, २०८०, १९:११:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।