नेपालगञ्ज उपमहानगरद्वारा सहकारीको नियमन कार्य सुरु

नेपालगञ्ज उपमहानगरद्वारा सहकारीको नियमन कार्य सुरु

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले यहाँ सञ्चालनमा रहेका सहकारीको अवस्था बुझ्न अनुगमन सुरु गरेको छ।

नगरमा सञ्चालनमा रहेका सहकारीको अवस्था अध्ययन गरी चुस्तदुरुस्त र अद्यावधिक राख्न नियमित अनुगमन सुरु गरेको नेपालगञ्ज उपमहानगरपालिका सहकारी शाखा प्रमुख प्रविणकुमार रानाले जानकारी दिए।

उनका अनुसार, सहकारी ऐन र प्रचलित नियम कानुन बमोजिम सञ्चालन भए नभएको, आर्थिक र व्यवस्थापकीय अवस्था, विद्यमान त्रुटी र सुधारका लागि आवश्यक सल्लाह सुझाव दिंदै सहकारीलाई अद्यावधिक राख्न अनुगमन गरिएको छ।

उपमहानगरपालिकाको कार्य क्षेत्रभित्र रहेका सहकारीको नियमित अनुगमन गर्दै आएको सहकारी शाखाको अनुगमन टोलीले आइतबार नेपालगञ्ज–१८ कारकाँदोस्थित पशुपति बहुद्देश्यीय सहकारी संस्था र सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अनुगमन गरेको थियो।

पशुपति र सहारा दुवै सहकारीले प्राप्त सुझावका आधारमा त्रुटी सच्याउँदै आगामी दिनमा सुव्यवस्थित ढंगले अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

अहिलेलाई सुझावसहित सच्चिन आग्रह गरिएको तर अर्को पटक अनुगमन गर्दा नसच्चिएको पाइए कारबाहीको प्रक्रिया अगाडि बढाइने सहकारी शाखा प्रमुख रानाले बताए।

८ जेठ, २०८०, १०:२५:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।