सरकारको नीति तथा कार्यक्रमबारे ओलीको टिप्पणी : यो काम छैन, छक्का हानेर रिङ आउट गर्नुपर्छ'

सरकारको नीति तथा कार्यक्रमबारे ओलीको टिप्पणी : यो काम छैन, छक्का हानेर रिङ आउट गर्नुपर्छ'

काठमाडौँ : एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा पेस गरेको सरकारको नीति तथा कार्यक्रमको कामै नभएको भन्दै अस्वीकार गर्न सांसदहरूलाई आग्रह गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागीहुँदै उनले यसलाई फिर्ता लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गर्दै यदि यही अवस्थामा नीति तथा कार्यक्रम पारित गर्न खोज्ने हो भने अस्वीकार गर्नुपर्ने धारणा राखेका थिए।

उनले सरकारको मुख्य सहयोगी नेपाली कांग्रेसलाई कटाक्ष गर्दै सोधे' यस्तो नीति तथा कार्यक्रमले कांग्रेसलाई कहाँ पुर्याउँछ?, कांग्रेसलाई ६-७ जना मन्त्री भए मात्रै पुग्ने?'

उनले सरकारले पेस गरेको नीति तथा कार्यक्रम खारेज गर्नुपर्ने धारणा राख्दै यसलाई पास गर्ने नभई क्रिकेटमा छक्का हानेर बललाई रिङ आउट गरेजस्तो रिङ आउट गर्न आग्रह गरेका थिए।

७ जेठ, २०८०, १३:५८:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।