पूरा ओवरै नखेली राजस्थानले हरायो पन्जाबलाई

पूरा ओवरै नखेली राजस्थानले हरायो पन्जाबलाई

काठमाडौँ : राजस्थान रोयल्सले पन्जाब किङग्सलाई चार विकेटले हरायो। इन्डियन प्रिमियर लिगको ६६ औँ खेल रोमाञ्चक बनाउँदै राजस्थानले आफ्नो पक्षमा नतिजा निकाल्यो।

पन्जाबले १८८ को लक्ष्य दिएकोमा पुरै २० ओभर पनि खेल्नु परेन। १९.४ ओवरमै लक्ष्य पूरा भयो। खेल सकिदा राजस्थानले छ विकेट गुमाएको थियो।

राजस्थानले टस जितेर बलिङ रोजेको थियो। बलिङ पाएको पन्जाबले पाँच विकेट गुमाउँदै २० ओभरमा १८७ रन जोड्यो।

दोस्रो खेलमा पन्जाबको बलर जमेका भए राजस्थानलाई पन्जाबको चुनौती त्यति सहज भने हैन। तर पन्जाबका अधिकांश बलरको बल राजस्थानका ब्याट्सम्यानबाट चुटियो।

जसको नतिजा खेल जित्न सबै ओभर समेत खेल्नु परेन। यो जितसँगै राजस्थान प्लेअफमा पर्ने सम्भावना जीवित छ। तर पन्जाबको आशा समाप्त भएको छ। 

५ जेठ, २०८०, २३:५७:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।