हिरासतमै घाइते पूर्व सांसद आङटावालाई दुई दिन हिरासतमा राख्ने अनुमति

हिरासतमै घाइते पूर्व सांसद आङटावालाई दुई दिन हिरासतमा राख्ने अनुमति

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्कालिन गृहमन्त्री बालकृष्ण खाँणका लागि विचौलियाको काम गरेको आरोप लागेका आङटावा शेर्पा दुई दिन हिरासतमा परेका छन्।

आत्मसमर्पणपछि प्रहरी हिरासतमा पुगेका उनी हिरासत कक्षमा लड्दा घाइते भएका थिए।

नेपाली कांग्रेसमा पूर्व सांसद रहेका उनले नक्कली भुटानी प्रकरणमा हिरासतमा रहेकालाई भेटेर खाँणको नाम नलिन डिल गरेको आरोप लागेको थियो।

प्रहरीले उनलाई मंगलबार काठमाडौं जिल्ला अदालतमा पेश गर्दा दुई दिन न्यायिक हिरासतमा राख्ने अनुमति पाएको हो। 

शेर्पासहित अहिले १४ जना हिरासतमा छन्। तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक अनि बादलका सुरक्षा सल्लाहकार ईन्द्रजित राइको छोरा भने फरार छन्।

फरार रहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी तीन दिनअघि समातिएका थिए।

संगठित अपराधमा ६० दिनभित्र अनुसन्धान सक्काउनुपर्ने कानूनी प्रावधान छ।

पहिलोपटक चैत १२ गते आरोपीहरू समातिएकाले जेठ १२ मा अनुसन्धानको म्याद सकिन्छ।

प्रहरीले एक साता अगाडि नै अनुसन्धानको प्रस्तावित राय सुझाव सरकारी वकिलकोमा बुझाउनुपर्छ। 

अहिले खाँण र रायमाझीको बयान चलिरहेको छ।

२ जेठ, २०८०, २१:२४:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।