मेरै उजुरी दर्ता गर्न प्रहरीले तीन घण्टा लगायो : आरजु राणा

मेरै उजुरी दर्ता गर्न प्रहरीले तीन घण्टा लगायो : आरजु राणा

काठमाडौं : नेपाली कांग्रेसकी सांसद् आरजु राणाले प्रहरीमा आफूले दिएको निवेदन दर्ता गर्न आनाकानी गरेको बताएकी छन्।

सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै नेपाली कांग्रेसकी केन्द्रीय समिति सदस्य समेत रहेकी राणाले आफ्नो झुटो (फेक) अडियोको छानविनका लागि दिइएको उजुरी दर्ता गर्न प्रहरीले आनाकानी गरेको बताएकी हुन्।

‘भुटानी शरणार्थीमा मलाई समेत जोडिएको अडियो फेक हो भनेर मैले प्रहरीमा उजुरी गर्न गएँ,’ उनले भनिन्, ‘प्रहरीले दर्ता गर्न मानेन, आनाकानी गर्यो, त्यति दर्ता तीन घण्टाभन्दा बढि समय लाग्यो।’

यस्तै उनले फेक मिडियाको पराकाष्ठा नै भएको भन्दै सरकारले त्यसको निरीक्षण गर्नुपर्नेमा जोड दिइन्।

फेक अडियो आफ्नो मात्र नबनेको भन्दै उनले आफ्नो मात्र नाम किन उच्चारण गरिन्छ भनेर प्रश्नसमेत गरिन्।

मिडियाका कारण यसअघि धेरै महिलाहरुले आत्महत्या गर्न बाध्य भएको स्मरण गर्दै उनले दोषीबारे सत्यतथ्य छानविन हुनुपर्ने उल्लेख गरिन्।

नक्कली भुटानी प्रकरणले आफू लज्जास्पद भएको पनि उनले बताइन्।

१ जेठ, २०८०, १४:३५:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।