खाण पक्राउको तरङ्ग : कांग्रेसले बोलायो पदाधिकारी बैठक

खाण पक्राउको तरङ्ग : कांग्रेसले बोलायो पदाधिकारी बैठक

काठमाडौँ : प्रधानमन्त्री र गृहमन्त्रीसँग दुई घण्टा लामो छलफलपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन्। पार्टीका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउ परेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित पूर्व प्रधानमन्त्री समेत रहेका देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको छलफल भएको थियो।

खाणको पक्राउ लगत्तै भएको छलफल नक्कली भुटानी शरणार्थी प्रकरण र त्यसको अनुसन्धान केन्द्रित रहे पनि ओलीले बैठकबारे केही जानकारी दिएनन्। कांग्रेस नेता रमेश लेखकले समसामयिक विषयमा छलफल भएको भन्दै ढाँटे।

लगत्तै उता देउवाले भने आजै अपराह्न पाँच बजे आफ्नै निवास धुम्बाराहीमा पदाधिकारी बैठक बोलाए।

२७ बैशाख, २०८०, १७:०४:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।