टुकुचामाथिका संरचनाको लगत कट्टा गर्न मन्त्रालयलाई महानगरको पत्र

टुकुचामाथिका संरचनाको लगत कट्टा गर्न मन्त्रालयलाई महानगरको पत्र

काठमाडौं : काठमाडौं महानगरपालिकाले टुकुचा खोलामाथि बनाइएका संरचनाको लगत कट्टा गर्न माग गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र मन्त्रालयलाई पत्र पठाएको छ।

टुकुचा खोलाभित्रको जग्गा व्यक्ति विशेषको नाममा दर्ता कायम रहन नसक्ने बताउँदै महानगरले लगत कट्टा गर्न मन्त्रालयलाई पत्र लेखेको हो।

मालपोत ऐन, २०३४ को दफा २४ (२) उल्लेख गर्दै महानगरले सरकारी र सार्वजनिक जग्गा व्यक्ति विशेषको नाममा दर्ता हुन गएको अवस्थामा त्यस्तो दर्ता स्वतः बदर हुने र सम्बन्धित मालपोत कार्यालय वा नेपाल सरकारले तोकेको अधिकारीले सोको लगत कट्टा गर्नुपर्ने व्यवस्थाबमोजिम पत्र पठाइएको उल्लेख गरिएको छ।

२५ बैशाख, २०८०, १९:३६:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।