गिट्टीको थुप्रोमा भेटिएको टाउको कसको? ५ दिनमा नि खुलेन पहिचान

गिट्टीको थुप्रोमा भेटिएको टाउको कसको? ५ दिनमा नि खुलेन पहिचान

बैतडी : पाँच दिन अगाडि बैतडीको पाटनमा गिट्टीको थुप्रोमा एक व्यक्तिको टाउको भेटिएकामा अझै उनको पहिचान  खुल्न सकेको छैन।

गत आइतबार सडक निर्माणका लागि पाटन नगरपालिका–६ तल्लो बजारमा ल्याएको गिट्टीको थुप्रोमा एक व्यक्तिको टाउको भेटिएको थियो।

सुर्नया गाउँपालिकाको बाचपानीबाट ल्याएको गिट्टीमा मानिसको टाउको भेटिएको थियो। उक्त टाउकोलाई परीक्षणका लागि जिल्ला अस्पताल पठाइएको छ। तर अझै रिपोर्ट नआएको प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।

टाउकोको डीएनए परीक्षणका लागि प्रहरीको विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाइने प्रहरी निरीक्षक जोशीले बताए। 

गिट्टी ल्याइएको भनिएको बाचपानी क्षेत्रमा अनुसन्धानलाई केन्द्रित रहेको प्रहरी निरीक्षक जोशीले बताए। बाचपानी वरपरका क्षेत्रका कुनै मानिस हराएका थिए कि भनेर सोधपुछ भइरहेको उनले जानकारी दिए।

२२ बैशाख, २०८०, ११:०७:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।