गण्डकीका मुख्यमन्त्री पाण्डेको पक्षमा ३५ मत, दुई विना विभागीय मन्त्री नियुक्त

गण्डकीका मुख्यमन्त्री पाण्डेको पक्षमा ३५ मत, दुई विना विभागीय मन्त्री नियुक्त

पोखरा : नेपाली कांग्रेसका सांसद सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशका मुख्यमन्त्रीमा विश्वासको मत पाएका छन्। उनी गत १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

उनले पेस गरेको प्रस्तावको पक्षमा ३५ मत र विपक्षमा २२ मत परेको थियो। मतदानमा राप्रपा तटस्थ बस्यो।

पक्षमा कांग्रेसका २७, माओवादीका ७ र मनाङबाट स्वतन्त्र उम्मेदवारमा सर्वसम्मत भएर एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङले मतदान गरेका थिए।

एमालेका २२ सांसदले प्रस्तावको विपक्षमा मत हाले। राप्रपाका २ सांसद तटस्थ बसे।

एमालेका खगराज अधिकारी पुस २५ गते माओवादी, राप्रपासहितको समर्थनमा मुख्यमन्त्री नियुक्त भए थिए। वैशाख ९ गते उनको नेतृत्वको सरकारले विश्वासको मत पाउन सकेन। अनि पाण्डे मुख्यमन्त्री भए।

शपथ लिएकै दिन उनले कांग्रेसबाट सरस्वती अर्याल तिवारी र माओवादीबाट सुशीला सिम्खडालाई बिना विभागीय मन्त्री नियुक्त गरे।

२१ बैशाख, २०८०, १८:२५:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।