गण्डकीका मुख्यमन्त्रीले विश्वासको मत लिँदै

गण्डकीका मुख्यमन्त्रीले विश्वासको मत लिँदै

कास्की : गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिहीबार विश्वासको मत लिँदै छन्।

दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।

नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता पाण्डे वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

६० सदस्यीय प्रदेशसभामा कांग्रेसका २७, माओवादी केन्द्रका ७ र एकीकृत समाजवादीका एक गरी ३५ प्रदेशसभा सदस्यको समर्थनमा उनी प्रदेशको चौथौ मुख्यमन्त्री बनेका हुन्।

मुख्यमन्त्री पाण्डे विश्वासको मत लिएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा छन्।

२१ बैशाख, २०८०, ०७:४९:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।