२५६७ औं बुद्ध जयन्ती एवं लुम्बिनी दिवसको प्रधानमन्त्रीले उद्घाटन गर्ने

२५६७ औं बुद्ध जयन्ती एवं लुम्बिनी दिवसको प्रधानमन्त्रीले उद्घाटन गर्ने

बुटवलः २५६७ औं बुद्ध जयन्ती एवं लुम्बिनी दिवस २०८० को तयारी पूरा भएको छ । मूल समारोह प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले यही वैशाख २२ गते उद्घाटन गर्ने कार्यक्रम छ ।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष तथा प्रचार प्रसार उपसमिति संयोजक ढुण्डिराज भट्टराई (सिद्धिचरण) का अनुसार वैशाख १९ गते देवदहमा देवदह सुत्तरनारी शक्ति प्रवचन कार्यक्रम, वैशाख २१ गते बिहान दीप प्रज्वलन, महापरित्राण, २२ गते बुद्ध पूर्णिमाको दिन बिहान पूजापाठ, शोभा यात्रा, बिहान ९ बजे देखि ११ बजे दुई घण्टासम्म बुद्ध जयन्तीको मूल कार्यक्रम आयोजना हुनेछ ।

वैशाख २२ गते पाण्डितपुरदेखि रामग्राम अस्थिधातु यात्रा, २३ गते बिहान ८ बजे लुम्बिनीबाट कपिलवस्तुसम्म बोधिसत्व सिद्धार्थको शोभा यात्रा, बिहान ११ बजे कपिलवस्तु तिलौराकोटमा विशेष समारोह हुने भट्टराईले बताए ।

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा २५६७ औं बुद्ध जयन्ती एवं लुम्बिनी दिवस विशेष समारोह हुने यस वर्षको बुद्ध पूर्णिमाको दिनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र लुम्बिनी विकास कोषले विशेष समारोहका साथ मनाउन मूल आयोजक समिति, त्यस अन्तर्गत मूल व्यस्थापन समिति र विभिन्न उप–समितिहरु गठन गरी तयारी गरेको बताए ।

२० बैशाख, २०८०, १५:२४:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।