टप फाइभ : नेपालले एसिया कप खेल्नेदेखि स्वास्थ्य सचिवका कारण गेटा अस्पतालको १३ करोडको टेण्डर रद्द भएको प्रसङ्गसम्म

टप फाइभ : नेपालले एसिया कप खेल्नेदेखि स्वास्थ्य सचिवका कारण गेटा अस्पतालको १३ करोडको टेण्डर रद्द भएको प्रसङ्गसम्म

काठमाडौं : मंगलबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाए। उनको पक्षमा ५३ र विपक्षमा २९ मत पर्यो।

यसैदिन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरे। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटेको दुई दिनपछि देउवासँग लामिछानेले भेट गरे।

आजै एमाले सांसद् लक्ष्मी महतो कोइरी निलम्बित भए। प्रहरीले फरार रहेको पत्र पठाएपछि सभामुख देवराज घिमिरेले कोइरीलाई प्रतिनिधिसभा नियमावलीको नियम २४८ (३) बमोजिम निलम्बन गरे।

यस्तै, मंगलबार सम्पूर्ण खेलप्रेमी नेपाली क्रिकेटमा झुमे। नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेर एसिया कपमा पुगेसँगै नेपालभर उत्साह छायो।

अब लागौं उकेरा टप फाइभतर्फः
उकेराले मंगलबार विहान बुटवलमा एकपछि अर्का सहकारीहरू समस्यामा पर्दै गएको समाचार लेख्यो। शिवशिखर, सुप्रिम, उपकार र आगन्तुक सहकारीपछि बुटवलकै अर्को सहकारी सप्तदिप बहुद्देश्यीय सहकारी पनि समस्यामा परेका छन्।
पूरा समाचारः बुटवलका एकपछि अर्को सहकारीमा समस्या, बचतकर्ताको पैसा दिन नसक्दा सप्तदिपका संचालक सम्पर्कविहीन

त्यसैगरी यूएईलाई ७ विकेटले हराउँदै नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको समाचार उकेराले प्रकाशित गर्यो। जितसँगै नेपाल एसिया कपका लागि छनोट हुन सफल भयो।
पूरा समाचारः प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा, अब भारत र पाकिस्तानसँग खेल्ने

उकेराले मंगलबार नै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेविरुद्धको राहदानी दुरूपयोग मुद्दामा सर्वोच्च अदालतलाई लेखेको लिखित जवाफमा काठमाडौं प्रशासनले लामिछानेलाई कानूनको तोकेको सम्पूर्ण प्रक्रिया पूरा भएपछि मात्रै नागरिकता दिइएको बतायो।
पूरा समाचारः काठमाडौं प्रशासनको दाबी : रविले विदेशी नागरिकता त्यागेको निस्सा बुझाएका छन्

नियमित स्तम्भ चौथो अंगमा उकेराले आज टेलिभिजन पर्सनालिटी रुपेश श्रेष्ठको पत्रकारितसम्बन्धी अनुभव र आफ्ना धारणा राखे। उनले हिजोको र आजको मिडियाको बारेमा तुलना गर्दै युट्युब र टेलिमिजन पत्रकारिताको बारेमा समेत आफ्ना विचार पोखे।
पूरा समाचारः चौथो अंग : युट्युब जत्तिका पनि भएनन् अहिलेका टेलिभिजन

उकेराले साँझ स्वास्थ्य सामग्री खरिदमा स्वास्थ्यसचिव डा. रोशन पोखरेलले अनावश्यक हस्तक्षेप गर्दै आएको सम्बन्धी समाचार प्रकाशित गर्यो। उकेराले प्राप्त गरेको तथ्य प्रतिवेदन (बिड डकुमेन्ट)ले यसको पुष्टि गरेको छ।
पूरा समाचारः स्वास्थ्य सचिव डा. पोखरेलको इन्ट्रेस्ट बाझिएपछि गेटा अस्पतालको १३ करोडको टेण्डर रद्द

१९ बैशाख, २०८०, २२:१८:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।