लुम्बिनीका मुख्यमन्त्रीले पाए विश्वासको मत, विपक्षमा खस्यो २९ मत

लुम्बिनीका मुख्यमन्त्रीले पाए विश्वासको मत, विपक्षमा खस्यो २९ मत

बुटवल : लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएका छन्।

प्रदेशसभाको मंगलबार बसेको बैठकमा मत विभाजनका आधारमा चौधरीका पक्षमा ५३ र विपक्षमा २९ मत परेको हो।

लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम १४५ अनुसार प्रदेशसभामा विश्वासको मत लिने सम्बन्धी पत्र आइतबार प्रदेशसभा सचिवालयमा दर्ता भएको थियो।

८ दलका ५२ र एक स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थनमा चौधरी बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

मंगलबार भएको मत विभाजनमा एमालेको मात्र विपक्षमा मत परेको छ। यसअघि एमालेलाई साथ दिँदै आएको राप्रपा तठस्थ बसेको थियो।

चौधरीले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएर पदभार ग्रहणपछि गरेका थिए।

बैठकमा प्रदेशसभालाई मुख्यमन्त्री नियुक्तिको सभालाई जानकारी नदिइ विश्वासको मत प्रक्रियामा गएको भन्दै प्रमुख विपक्षी एमालेले आपत्ति जनाएपछि केहीबेर बैठक स्थगित भएको थियो।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३–३ जना सांसद् छन्।

यस्तै, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादीका एक–एक जना र स्वतन्त्र एक जना तथा एमालेका २९ र राप्रपाका ४ जना सांसद रहेका छन्।

१९ बैशाख, २०८०, १४:२८:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।