लुम्बिनीका मुख्यमन्त्री चौधरीले आज‍ विश्वासको मत लिंदै

लुम्बिनीका मुख्यमन्त्री चौधरीले आज‍ विश्वासको मत लिंदै

बुटवल : लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज प्रदेश सभाबाट विश्वासको मत लिंदैछन्।

आज बिहान ११ बजे बस्ने प्रदेशसभाको बैठकबाट लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम १४५ अनुसार नवनियुक्त मुख्यमन्त्री चौधरीले विश्वासको मत लिन लागेका हुन्। 

चौधरीले गत शुक्रबार मात्र पद तथा गोपनियताको शपथ ग्रहण गरेका थिए। मुख्यमन्त्री चौधरीसँगै माओवादीका धनबहादुर मास्की, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सन्तोष पाण्डेय र नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरीले पनि पद तथा गोपनीयताको शपथ लिएका थिए।

नवनियुक्त मन्त्रीहरूलाई जिम्मेवारी भने तोकिएको छैन। सबै, तीनैजना मन्त्री हाल बिनाविभागीय रहेका छन्।

१९ बैशाख, २०८०, ०८:२८:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।