टप फाइभ : नाकको डाँडी भाचिने गरी कुटाइ खाएका हवल्दारको बयानदेखि निरा हत्यामा प्रहरीले फेला पार्न नसकेको मुख्य प्रमाणसम्मको प्रसङ्ग

टप फाइभ : नाकको डाँडी भाचिने गरी कुटाइ खाएका हवल्दारको बयानदेखि निरा हत्यामा प्रहरीले फेला पार्न नसकेको मुख्य प्रमाणसम्मको प्रसङ्ग

काठमाडौं : सोमबार दिनभर राजनीतिक रुपमा विभिन्न कार्यक्रम भयो।

प्रधानमन्त्री पुष्पकमल दाहालले चितवनमा विहानै पत्रकार सम्मेलन गरे। त्यहाँ उनले सरकार नढल्ने र राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी हुने विश्वास व्यक्त गरे।

चितवनबाट नवलपुरस्थित मौलाकालिकाको केबलकार उद्घाटन गर्न गएका उनी काठमाडौं फर्किएर अखिल नेपाल ट्रेड युनियन महासङ्घको कार्यक्रमको आठौं अधिवेशन सम्बोधन गरे।

उता एमाले अध्यक्ष केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा पार्टीनिटक संगठन जिफन्टको कार्यक्रममा सम्बोधन गरे। पछिल्लो समय उनी पूर्वराजपरिवारविरुद्ध खनिइरहेका छन्।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीको आज केन्द्रीय कमिटी बैठक र संसदीय दलको बैठक बसेर रवि लामिछानेलाई संसदीय दलको नेता चयन गरेको छ। पार्टीको बैठकमा उनी सरकारप्रति नरम सुनिए। सरकारमा बस्ने वा प्रतिपक्षमा भन्ने निर्णय गर्नका लागि पार्टीको बैठक शुक्रबार बस्नेछ।

त्यसैगरी आजै एसिया कपमा भारत र पाकिस्तानको समूहमा स्थान बनाउनका लागि नेपालले युएईसँग फाइनल खेल खेल्यो। तर वर्षाका कारण प्रभावित भएसँगै २७.३ ओभरपछिको खेल मंगलबार सुरु हुनेछ। आज युएईले ९ विकेट गुमाएर १०६ रन जोडेको छ। उसले बाँकी खेल भोलि खेल्नेछ।

अब लागौं उकेरा टप फाइभतर्फः
उकेराले सोमबार विहान डोल्पा कारगारमा कार्यरत प्रहरी हवल्दार ३७ वर्षीय हिराराम रेउलेलाई प्रहरी निरीक्षकले नाका बाङ्गो हुने गरी कुटेको विषयमा हवल्दार रेउलेको बयानबारे समाचार लेख्यो
पूरा समाचारः इन्स्पेक्टरबाट कुटिएका प्रहरी हवल्दारको बयान : प्रहरी परिसरमै घोप्टो पारेर मुक्का र कुर्कुच्चाले हिर्काए, म बेहोस भएँ

दिउँसो उकेराले युएई र नेपालबीचको भएको खेलको अपडेट दिनुका साथै वर्षाका कारण खेल हुन नसकेपछि खेल स्थगित भयो। युएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनायो। अब बाँकी खेल भोलि विहान ९ बजे हुनेछ।
पूरा समाचारः एसीसी प्रिमियर कपको फाइनल खेल स्थगित, भोलि ९ बजेबाट युएईले थाल्ने

अपरान्ह उकेराले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राहदानी दुरूपयोग मुद्दामा लिखित जवाफ पेश गर्दै विदेशी नागरिक हुँदा नेपाली राहदानी लिए पनि दुरूपयोग नगरेकाले आफूविरुद्ध मुद्दा नचल्ने दाबी गरेकोबारे समाचार लेख्यौं।
पूरा समाचारः रविको दाबी : राहदानी दुरूपयोगमा मुद्दा नचल्ने महान्यायाधिवक्ताको निर्णय अदालतले हेर्न सक्दैन

त्यसैगरी नियमित कोलम अन्तर्गत उकेराले आज भुईंमान्छेमा विगत ४० वर्षदेखि देउता बनाइरहेका ललितपुरका मणिकमान शाक्यका बारेमा लेख्यौं। पुर्ख्यौली पेसा भए पनि खासै चासो नदेखाएका उनलाई १६ वर्षको उमेरमा बुवा गुमेपछि भने बाध्यता बन्यो।
पूरा समाचारः ४० वर्षदेखि ‘देउता’ बनाइरहेका माणिक

बेलुकीपख उकेराले कपनको सरस्वतीनगरमा हत्या गरिएकी निरा पाण्डे आचार्यको हत्या आरोपमा प्रहरीले विभिन्न चार प्रमाण फेला पारे पनि मुख्य प्रमाण फेला पार्न नसकेकोबारे समाचार लेख्यो।
पूरा समाचारः निरा हत्यामा प्रहरीले खुलाएको चार प्रमाण, तर अझै फेला परेन मुख्य प्रमाण

​​​​​​​

१८ बैशाख, २०८०, २२:००:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।