गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान, विश्वास मत लिँदै मुख्यमन्त्री

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान, विश्वास मत लिँदै मुख्यमन्त्री

पोखरा : गण्डकी प्रदेशसभाको अधिवेशन वैशाख २१ गतेका लागि आह्वान भएको छ।

प्रदेश मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १८३ को उपधारा (१) बमोजिम गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन्।

प्रदेशसभा भवन नदीपुरमा वैशाख २१ गते दिउँसो २ बजे बैठक सुरू हुनेछ। सोही बैठकमा नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिने तयारी गरेका छन्।

मन्त्रालय भागबण्डा नटुगिंएपछि मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिएर मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका हुन्।

नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा संविधानको धारा १६८ को उपधारा २ बमोजिम गत बिहीबार पाण्डे मुख्यमन्त्री नियुक्त भएका थिए।

१७ बैशाख, २०८०, १७:४२:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।