पत्रकार राजु स्याङ्तानको कविता संग्रह ‘ओ पेङदोर्जे’ विमोचित

पत्रकार राजु स्याङ्तानको कविता संग्रह ‘ओ पेङदोर्जे’ विमोचित

काठमाडौं : पत्रकार राजु स्याङ्तानको कविता संग्रह ‘ओ पेङ्दोर्जे’ आज (शनिबार) विमोचित भएको छ।

पुस्तक विमोचन कार्यक्रममा कवि श्रवण मुकारुङले स्याङ्तान युवा पुस्तामा सशक्त कविको रुपमा उदाएको बताए।

‘उनको कविता पत्रपत्रिकामा पढेको र सुनेको भए पनि आज कविताहरु पुस्तकको रुपमा आउँदा निकै खुसी लागेको छ,’ उनले भने, ‘काव्ययिक साहित्यमा उनको यो सशक्त हस्तक्षेप हो।’

त्यस्तै विश्लेषक हरि शर्माले कविताको समीक्षा गरेका थिए। उनले यो कविता यथार्थवादी भएको बताए।

‘कवि स्याङ्तानको कविता यथार्थवादी छ। भुईं मान्छेको मुद्दा सर्लक्क उठाएर विम्बमा उनेर मीठो कृति बनाएका छन्,’ उनले भने, ‘यो कविताको संग्रहमा भएका धेरै कविताले मलाई अहिले भइरहेको विभेदबारे बोले जस्तो लाग्यो।’

कवि राजु स्याङ्तानको यो पहिलो कृति हो।

१६ बैशाख, २०८०, १२:५१:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।