रवि लामिछानेलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

रवि लामिछानेलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ। मतगणना चलिरहेका बेला फेसबुक लाइभमा आएर आचारसंहिता उल्लंघन गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ।  

लामिछाने चितवन क्षेत्र नम्बर २ का उम्मेदवार हुन्। 

नेपाली कांग्रेस चितवनले लामिछानेसहित प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलविरुद्ध निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन कार्यालयमा उजुरी दिएको थियो। 

चितवन जिल्ला निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले उनलाई स्पष्टीकरण सोधिएको र आइतबार नै जवाफ आएको बताएका छन्। 

वैशाख ११, २०८० सोमबार १३:५०:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।