चन्द्रागिरि नगरपालिका भोलि सार्वजनिक बिदा

चन्द्रागिरि नगरपालिका भोलि सार्वजनिक बिदा

काठमाडौं : काठमाडौंको चन्द्रागिरि नगरपालिकाले मातातीर्थ मेलाको अवसरमा बिहीबार (भोलि) सार्वजनिक बिदा दिएको छ।

नगर कार्यपालिकाको बैठकले मातातीर्थ औंसीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत जीवनप्रसाद आचार्यले जानकारी दिए।

नगरपालिकाले सार्वजनिक बिदा दिएसँगै बिहीबार चन्द्रागिरिभित्रका सबै वडा कार्यालय, विद्यालय र स्वास्थ्य संस्थाहरू बन्द हुनेछन्।

मातातीर्थ औंसी (आमाको मुख हेर्ने औंसी)का दिन चन्द्रागिरि–६ महादेवस्थानमा रहेको मातातीर्थ कुण्डमा मेला लाग्ने गर्छ।

मातातीर्थ औंसीका दिनमा उक्त क्षेत्रमा आज साँझदेखि बत्ती बाल्ने तथा भोलि कुण्डमा स्नान गर्ने कार्यक्रम छ।

६ बैशाख, २०८०, २०:१३:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।