डा. राजु अधिकारीले एकसाथ लोकार्पण गरे तीन पुस्तक

डा. राजु अधिकारीले एकसाथ लोकार्पण गरे तीन पुस्तक

काठमाडौं : जीवनशैली, वैज्ञानिक अध्यात्म तथा योग प्रशिक्षक डा. राजु अधिकारीले एकैपटक तीन पुस्तक लोकार्पण गरेका छन्।

अधिकारीद्वारा लिखित पुस्तकहरू ‘परिवार सुख’, ‘संस्कारी बन्ने काइदा’ र ‘हजुरलाई विशेष उपहार’ शुक्रबार एकसाथ लोकार्पण गरिएको हो।

अक्षरा स्कुलमा आयोजित विशेष कार्यक्रममा संस्कृतिविद् डा. गोविन्द टन्डन, साहित्यकार डा. तुलसी भट्टराई र प्रमुख निर्वाचन आयुक्त एवं साहित्यकार दिनेश थपलियाले पुस्तक लोकार्पण गरे। साथै तीनै जना वक्ताले उल्लिखित तीन फरक फरक पुस्तकमा आफ्ना धारणा राखेका थिए।

कार्यक्रममा लेखक डा. राजु अधिकारीले लोकार्पित किताबहरूमा एउटाले भित्री जीवनलाई सिंगार्ने, अर्काेले बाहिरी जीवन सिंगार्ने र तेस्रोले सबैले सबैलाई जोड्न सिकाउने विशेषता रहेको बताए।

‘परिवार सुख आज सबैको ठूलो चाहना हो,’ उनले भने, ‘त्यसलाई सम्बोधन गर्न मैले ‘परिवार सुख’ पुस्तक लेखें। संस्कारको खडेरीलाई थोरै शान्त गर्न ‘संस्कारी बन्ने काइदा’ लेखेको हुँ। र कालजयी उपहार अर्थात् स्थायी उपहार दिन सजिलो होस् भनेर ‘हजुरलाई विशेष उपहार’ पुस्तक लेखें।’

२५ चैत, २०७९, १२:५१:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।