रामसहायसँग ३५४ मतले पराजित कुशवाह जनमत पार्टी प्रवेश, उपेन्द्रसँग उप–निर्वाचनमा भिड्ने

रामसहायसँग ३५४ मतले पराजित कुशवाह जनमत पार्टी प्रवेश, उपेन्द्रसँग उप–निर्वाचनमा भिड्ने

काठमाडौं : बारा क्षेत्र नम्बर २ मा बैशाख १० गते हुन लागेको उप–निर्वाचनमा उम्मेदवार बन्ने गरी माओवादी नेता शिवचन्द्र कुशवाहा जनमत पार्टी प्रवेश गरेका छन्।

गएको ४ मंसिरमा भएको निर्वाचनमा कुशवाहा माओवादीवाट त्यस क्षेत्रमा प्रतिनिधि सभातर्फ उम्मेदवार बने पनि रामसहाय यादवसँग उनी ३५४ मतले पराजित भएका थिए।

कुशवाहा उप–निर्वाचनमा माओवादीवाट उम्मेदवार बन्ने सम्भावना नदेखेपछि जनमत पार्टी प्रवेश गरेका हुन्।

बुधबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै कुशवाहले पार्टीभित्र जालझेल गरेर आफूलाई ‘माइनस’ गरिएकाले जनमत पार्टी रोज्नुपरेको बताए।

बारा–२ मा जनता समाजवादी पार्टीले अध्यक्ष उपेन्द्र यादवलाई उठाउने तयारी गरेको छ। त्यसका लागि उनले सत्ता साझेदार दलका नेताहरूसँग पनि सहयोग माग्दै आएका छन्।

१५ चैत, २०७९, १२:३६:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।