मकवानपुरमा पैदलयात्रीलाई हानेर माेटरसाइकल फरार, यात्रीको मृत्यु

मकवानपुरमा पैदलयात्रीलाई हानेर माेटरसाइकल फरार, यात्रीको मृत्यु

मकवानपुर : जिल्लाको बागमती गाउँपालिका–८ साततले राजबास पुलस्थित सडकमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।

बा २५ प १९०८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री बकैया गाउँपालिका–८ खजुरीदमार बस्ने ५० वर्षीय दिलबहादुर स्याङतानको बुधबार बिहान मृत्यु भएको हो।

ठक्करबाट गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

प्रहरीले हाल फरार मोटरसाइकल चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।

१५ चैत, २०७९, १२:०८:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।