उकेरा टप फाइभ : ११ वर्षसम्म दोलखामा फिल्म स्टुडियो नबनेकोदेखि डाक्टरले देखेको भयानक मृत्युसम्मको प्रसङ्ग

उकेरा टप फाइभ : ११ वर्षसम्म दोलखामा फिल्म स्टुडियो नबनेकोदेखि डाक्टरले देखेको भयानक मृत्युसम्मको प्रसङ्ग

काठमाडौं : शनिबार ठूला दलका शीर्ष नेताहरूले विभिन्न कार्यक्रममा आफ्ना धारणा राखे। माओवादी केन्द्रको पदाधिकारी बैठक आजै बस्यो भने अन्य दलको औपचारिक कार्यक्रम आज भएन।

शनिबार देशभर विभिन्न खेल गतिविधि भए। काठमाडौंमा थ्री नेसन्स कप फुटबलमा लाओस र भुटानबीच प्रतिस्पर्धा भयो। जसमा २–१ ले लाओसले जित्यो। रुपन्देहीमा भएको तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जित्यो।

अब लागौं टप फाइभतर्फः
उकेराले शनिबार विहान दोलखामा बन्ने भनेको फिल्म स्टुडियो ११ वर्षमा पनि निर्माण सम्पन्न भएको समाचार प्रकाशित गर्यो। समुद्री सतहबाट ३ हजार ३३ मिटर उचाइमा रहेको यहाँ बिना अध्ययनको योजना र कमिसनको खेल बाधक भएपछि यस्तो भयो।
पूरा समाचारः ११ वर्षमा पनि बनेन दोलखाको फिल्म स्टुडियो, बिना अध्ययनको योजना र कमिसनको खेल बाधक

उकेराले दिउँसो कर्णालीका मन्त्रीको सम्पत्ति विवरणबारे समाचार प्रकाशित गर्यो। मुख्यमन्त्री राजकुमार शर्माले केहीसमय अघि नै सार्वजनिक गरेको सम्पत्ति विवरण ६ मन्त्रीसहित एक राज्यमन्त्रीले भने हालै सार्वजनिक गरेका हुन्।
पूरा समाचारः कर्णालीका मन्त्रीको सम्पत्ति विवरणः काठमाडौंमा घर–घडेरी, ७५ तोला सुन र १५ सय तोला चाँदी (विवरणसहित)

दिउँसो उकेराले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीभन्दा गृहमन्त्रीको हैसियतमा ‘रमाउँदै’ गरेको समाचार प्रकाशित गर्यो। उनले विभागीय मन्त्री आउनुअघि नै सरुवा–बढुवा टुङ्ग्याउने हतारो गरेको समाचारमा उल्लेख छ।
पूरा समाचारः प्रधानमन्त्रीभन्दा गृहमन्त्रीको हैसियतमा ‘रमाउँदै’ प्रचण्ड, विभागीय मन्त्री आउनुअघि नै सरुवा(बढुवा टुङ्ग्याउने हतारो

साँझ उकेराले नियमित कोलमअन्तर्गत डाक्टरका सुखदुःखमा दीपेन्द्र श्रेष्ठको उपचार अनुभव प्रकाशित गर्यो। घाँटीको क्यान्सर फैलिएर घाउ भएर गन्हाइरहेको एक बाजेको रगताम्मे भएर मृत्यु भएको प्रसङ्ग समाचारमा उल्लेख छ।
पूरा समाचारः डा. दीपेन्द्रको उपचार अनुभवःघाँटीको नसा फुटेर रगताम्मे भएका बाजेको भयानक मृत्यु देखेँ

यसैबीच उकेराले सोमबार मन्त्तिपरिषद् विस्तार हुने विषयको समाचार प्रकाशित गर्यो। माओवादीको पदाधिकारी बैठकपछि सचिव देवेन्द्र पौडेलले होमवर्क ढिला भएको भन्दै सरकार विस्तार भएको बताए।
पूरा समाचारः सोमबारसम्म मन्त्रिपरिषद् विस्तार हुने, माओवादीले भन्यो– ‘होमवर्कले ढिला भयो’

​​​​​​​

११ चैत, २०७९, २२:१८:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।