डा. दीपेन्द्रको उपचार अनुभव : घाँटीको नसा फुटेर रगताम्मे भएका बाजेको भयानक मृत्यु देखेँ

डा. दीपेन्द्रको उपचार अनुभव : घाँटीको नसा फुटेर रगताम्मे भएका बाजेको भयानक मृत्यु देखेँ

काठमाडौं : प्रा. डा. दीपेन्द्र श्रेष्ठ नाक, कान र घाँटी (इएनटी) रोग विशेषज्ञ तथा सर्जन हुन्।

हजारौं बिरामीको नाक, कान र घाँटीको औषधि, उपचार र शल्यक्रिया गरेर बचाएका छन् उनले। बिरामीलाई बचाउनु उनको चिकित्सकीय कर्म र धर्म हो।

हेर्दा–हेर्दै क्यान्सरकै कारण अस्पतालको बेडमा पल्टिरहेका बाजेको घाँटीको क्यारोटिड नाम गरेको ठूलो नसा फुट्यो। शरीरमा रगत पुर्याउने रगतको ठूलो नसा नै फुटेपछि ति बाजेको बेड रगताम्मे भयो।

चिकित्सकीय पेशाको सिलसिलामा डा. दीपेन्द्रले केही आरोह अवरोह भोगेका छन्। उनले चिकित्सकीय पेशाको शिलशिलामा देखे भोगेका केही अनुभव सुनाए।

सबैभन्दा भयानक त्यो मृत्यु
महाराजगञ्ज चिकित्सा क्याम्पस (शिक्षण अस्पताल)मा स्नातकोत्तर तहमा नाक, कान र घाँटी विषयको अध्ययन गर्दा विरामी मृत्युको एउटा घटना भने डा. दीपेन्द्र कहिल्यै भूल्दैनन्। घटना करिब २० वर्ष अघिको हो।

नुवाकोटतिरका करिब ६५ वर्षका बाजे शिक्षण अस्पतालमा भर्ना भएर उपचाररत थिए। बाजेको घाँटीको क्यान्सरको समस्या थियो। क्यान्सर घाँटीभरी फैलिएको थियो। घाँटीको क्यान्सर फैलिएर घाउ भएर गन्हाइरहेको थियो। डा. दीपेन्द्र त्यो बेला तिनै बाजेको उपचार भइरहेको वार्डमा ड्युटीमा थिए।

क्यान्सर फैलँदै घाँटीको नसा खाँदै जाँदा रगतको नसा फुट्ने अवस्थामा पुगिसकेको थियो। हेर्दा–हेर्दै क्यान्सरकै कारण अस्पतालको बेडमा पल्टिरहेका बाजेको घाँटीको क्यारोटिड नाम गरेको ठूलो नसा फुट्यो। शरीरमा रगत पुर्याउने रगतको ठूलो नसा नै फुटेपछि ति बाजेको बेड रगताम्मे भयो। बेडमा रगतको आहाल नै बन्यो।

त्यो बेला डा. दीपेन्द्र लगायत चिकित्सकको टिमले बाजेको घाँटीबाट बगेको रगत रोक्ने कोसिस नगरेका होइनन्। तर, रगत रोकिएन। चिकित्सकीय सीप तथा ज्ञानले समेत बाजेको रक्तश्राव रोक्न सम्भव थिएन। घाँटीबाट क्षणभरमा नै अत्याधिक रक्तश्राव भयो।

चिकित्सकको टिम समेत मुकदर्शक बनेर बस्नुबाहेक अन्य उपाय थिएन। हेर्दाहेर्दै बाजेले प्राण त्यागे। बाजेका छोरा पनि सँगै थिए। रगतको आहालमा डुबेर क्षण भरमै बुवाले प्राण त्यागेको मुकदर्शक भएर हेर्नुपर्दा छोरा विच्छिप्त भएको डा. दीपेन्द्रको मानसपटलमा अझै ताजै छ।

डाक्टर साप बुवाको अवस्था यस्तो छ। दुई दिनपछि भाइको विवाह छ। जसरी पनि बुवालाई बचाइदिनुर्यो। केही दिनको लागि नै भए पनि बुवालाई बचाइदिनुपर्यो।

डा. दिपेन्द्रले चिकित्सकीय पेशाको सिलसिलामा कयौं व्यक्तिको मृत्यु भएको नजिकबाट देखेका छन्। तर, आफूले देखेकामध्ये ती बाजेको मृत्यु नै सबैभन्दा दुःखद् तथा भयानक भएको उनले सुनाए। 

‘मेरो मेडिकल करिअरमा देखेको ती बाजेको नैे सबैभन्दा भयानक मृत्यु हो’, उनले सुनाए।

...त्यसपछि बाजे बाँचे
नेपाल मेडिकल कलेजमा काम गर्दाको एउटा प्रसंग पनि डा. दीपेन्द्र कहिल्यै भुल्दैनन्। प्रसंग करिब १७ वर्षअघिको हो। एक जना बुढा बाजेलाई अस्पताल पुर्याइएको थियो।

ती बाजेलाई घाँटीको क्यान्सरका कारण श्वासनली बन्द भएर श्वास फेर्न गाह्रो भएको थियो। बिरामीको स्वास्थ्य अवस्था जटिल थियो।

अस्पतालमा ती बाजेका एक जना छोराले भनेछन्, ‘डाक्टर साप बुवाको अवस्था यस्तो छ। दुई दिनपछि भाइको विवाह छ। जसरी पनि बुवालाई बचाइदिनुर्यो। केही दिनको लागि नै भए पनि बुवालाई बचाइदिनुपर्यो।’

शल्यक्रिया गरी श्वासप्रश्वासका लागि बाटो बनाउनुपर्ने भएकाले डा. दीपेन्द्र लगायत चिकित्सकको टिमले बाजेलाई ढिला नगरी तुरुन्तै शल्यक्रिया कक्षमा लग्यो।

ती बाजे बाँचेपछि छोराको विवाह पनि भएछ। विवाहपछि बाजेको परिवार नै डा. दीपेन्द्रलाई अस्पतालमा पुगेर भेटेर धन्यवाद दिएछन्।

बिरामीलाई शल्यक्रिया कक्षको बेडमा सुताइयो। तर, सुताउनासाथ बाजेको शरीरमा अक्सिजनको मात्रा कम भइहल्यो। त्यसैले तुरुन्तै उठाउनुपर्यो। पटक–पटक सुताएर शल्यक्रियाका लागि प्रयास गर्दा शल्यक्रिया गर्न सम्भव भएन।

त्यसैले बसाएर शल्यक्रियाका लागि कोशिस गर्यो चिकित्सको टिमले। त्यसरी बसाएर शल्यक्रिया गर्नु बिरामीको स्वास्थ्यको दृष्टिकोणले अत्यन्तै जोखिमपूर्ण थियो। तर, शल्यक्रिया नगरी भएकै थिएन।

त्यसैले जोखिम मोलेरै बिरामीलाई बसाएर चिकित्सकको टिमले ती बाजेको शल्यक्रिया गर्यो। घाँटीमा प्वाल पारेर पाइप राखिदियो चिकित्सकको टिमले।

धन्य, शल्यक्रिया सफल भयो। पाइप राखिदिने बित्तिकै बाजेले सहज रूपमा श्वास फेर्न थाले। बोल्न थाले। बिरामी बाजे भोलिपल्ट नै अस्पतालबाट डिस्चार्ज भए। केही हप्तापछि त्यो पाइप निकालियो।

ती बाजे बाँचेपछि छोराको विवाह पनि भएछ। विवाहपछि बाजेको परिवार नै डा. दीपेन्द्रलाई अस्पतालमा पुगेर भेटेर धन्यवाद दिएछन्। शल्यक्रियापछि पाँच वर्ष बाँचेको ती बाजेले रेडियोथेरापी तथा केमोथेरापी भने गरिरहे।

बेला-बेलामा फलोअपको लागि बाजे उनीकहाँ पुग्थे। एक–दुई पटक त विवाह भएका ती छोराकी छोरी अर्थात नातिनी लिएर समेत अस्पताल पुगेका थिए बाजे।

झण्डै ती महिलाको ज्यान गएन
डा. दीपेन्द्र शल्यक्रियाको सवालमा धेरैजसो घाँटीमा भएको क्यान्सरको शल्यक्रिया गर्छन्। घाँटीकै शल्यक्रिया गर्दाको करिव १४ वर्षअघिको एउटा प्रसंग पनि उनी कहिल्यै भुल्दैनन्।

त्यो बेला करिब ५० वर्षकी महिला घाँटीको थाइरोइडको क्यान्सरको समस्या भएर अस्पताल पुगेकी थिइन्। क्यान्सर धेरै फैलिएपछि घाँटीको शल्यक्रिया गर्नुपर्ने थियो। शल्यक्रिया गर्दागर्दै घाँटीको नसा (क्यारोटिड आर्टरी) नै फुट्यो।

यसरी शल्यक्रियाका क्रममा घाँटीको नसा फुट्दा व्यक्तिको मृत्युकै जोखिम धेरै नै हुन्छ। तर, ती महिलाको फुटेको घाँटीको नसा सफलतापूर्वक बन्द गरेर बचाएको सम्झन्छन् उनी।

शल्यक्रियापछि बालिकालाई ब्यूँत्याएर आईसीयूमा राखियो। केही दिनपछि ठिक भएर बालिका अस्पतालबाट डिस्चार्ज भइन्। ती बालिका अहिले १७ वर्षकी भइन्।

त्यसरी नसा फुट्न र फुटिसकेपछि बिरामी बचाउनु चिकित्सा विज्ञानकै दुर्लभ र जोखिमपूर्ण काम थियो। तर, सफल भयो। शल्यक्रिया तथा औषधि उपचारपछि ती बिरामीको क्यान्सर निको भयो। उपचारपछि अहिले पनि ती महिला फलोअपमा आउने गरेको डा. दीपेन्द्रले सुनाए।

ती बालिकालाई होसमा ल्याउँदा
त्यसैगरी केही वर्षअघि करिब सात वर्षकी बालिकाको घाँटीको टनशीलको शल्यक्रिया गर्दाको प्रसंग पनि डा. दीपेन्द्र सम्झिरहन्छन्।

बालिकाको टनशीलको शल्यक्रिया गर्नु थियो। डा. दीपेन्द्रले सबै तयारीपछि शल्यक्रिया थाले। शल्यक्रिया पनि सफल भयो। तर, शल्यक्रियापछि बिरामीलाई बेहोसीबाट होसमा ल्याउने क्रममा एक्कासी ती बालिकाको शरीरमा अक्सिजनको मात्रा कम भयो। बालिकालाई ब्यूँत्याउन नै मुस्किल पर्यो। मुटुको चाल नै अस्वभाविक भयो। 

एनेस्थेसियोलोजिष्ट चिकित्सकको टिमले बालिकाको मुटुको चाल सामान्य अवस्थामा फर्काउन हतार–हतार सिपिआर गरे। चिकित्सकीय विधि अपनाए। त्यसपछि बालिकाको मुटुको चाल सामान्य अवस्थामा फर्किँदै गयो। बालिका ब्यूँतिइन्।

शल्यक्रियापछि बालिकालाई ब्यूँत्याएर आईसीयूमा राखियो। केही दिनपछि ठिक भएर बालिका अस्पतालबाट डिस्चार्ज भइन्। बालिका अहिले पनि डा. दीपेन्द्रकहाँ फलोअपमा आइपुग्छिन्। ती बालिका अहिले १७ वर्षकी भइन्। जोखिम अवस्थाबाट ती बालिकालाई बचाउन सकेको त्यो क्षण सम्झँदा डा. दीपेन्द्र आनन्दित हुन्छन्।

बाल्यकालमा घुमघाम
दिपेन्द्र २०२८ मा रुपन्देहीको बुटवलमा जन्मिएका हुन्। स्थायी घर भने काठमाडौंको बालुवाटार हो। उनका बुवा सरकारी कर्मचारी थिए। त्यसैले जताजता बुवाको सरुवा भयो, उतै–उतै उनको बाल्यकाल बित्यो।

सरकारी जागिरे भएपछि करिब ८० जनाको कोटामा तीन नम्बरमा उनको नाम निस्किएकाले काठमाडौंकै अस्पतालमा काम गर्न पाउँछु होला भन्ने लागेको थियो उनलाई। तर, सोचेको जस्तो भएन।

उनले तीन कक्षासम्म सुर्खेत, त्यसपछि वर्दीया र तौलिहवामा चार कक्षासम्म पढे। त्यसपछि उनी काठमाडौं आएर पानीपोखरिस्थित भानुभक्त मेमोरियल स्कुलमा पाँच कक्षामा भर्ना भए। त्यहिँबाट डा. दीपेन्द्रले २०४४ मा एसएलसी गरे।

बंगलादेशमा एमबीबीएस र सरकारी जागिरको त्यो तितो अनुभव
डा. दीपेन्द्रले अमृत साइन्स क्याम्पसबाट आइएस्सी गरे। आइएस्सीपछि शिक्षा मन्त्रालयको छात्रवृत्ति कोटामा एमबीबीएस अध्ययनका लागि सन् १९९० मा बंगलादेश पुगे। त्यहाँको चिटागोंग मेडिकल कलेजमा भर्ना भए। सन् १९९७ मा अध्यनन सकियो। त्यसपछि उनी नेपाल फर्के।

नेपाल फर्केपछि डा. दीपेन्द्र पाटन अस्पतालमा करार मेडिकल अधिकृतको रूपमा जागिरे भए। अस्पतालको आकस्मिक विभागमा रहेर उनले करिब एक वर्ष काम गरे।

पाटनमा काम गर्दागर्दै डा. दीपेन्द्रले लोकसेवा परीक्षा दिए। छनोट भए। उनको नाम ३ नम्बरमा नै निस्किएको थियो। त्यसपछि २०५७ मा उनी सातौंं तहको मेडिकल अधिकृत सरकारी स्थायी चिकित्सका रूपमा जागिरे भए।

सरकारी जागिरे भएपछि करिब ८० जनाको कोटामा तीन नम्बरमा उनको नाम निस्किएकाले काठमाडौंकै अस्पतालमा काम गर्न पाउँछु होला भन्ने लागेको थियो उनलाई। तर, सोचेको जस्तो भएन। पछाडि नाम निकाल्ने कयौं काठमाडौंकै अस्पतालमा पोष्टिङ भएछन्।

तर, उनको धनगढीको तत्कालिन सेती अञ्चल अस्पतालमा पहिलो पोष्टिङ भयो। त्यो बेला पहिलो पोष्टिङ उपत्यका बाहिर भए पनि ६ महिनापछि केन्द्रीय स्तरका अस्पतालमा आउन पाउने व्यवस्था थियो रे। त्यसैले नियमअनुसार ६ महिनापछि उनले काठमाडौं फर्कन कोशिस पनि गरेछन्।

फर्कनैपर्ने केही पारिवारिक समस्या पनि थिए। सो समस्या मन्त्रालयमा राख्दा बरु उनले उल्टै मन्त्रालयका तत्कालिन सचिवबाट गाली खाएछन्। तर, नियमले काम गरेन। भनसुन लाग्ने उनको कोही थिएन। त्यो बेला नियमले काम नगरेको त्यो सरकारी जागिर सम्झँदा उनलाई अहिले पनि तीतो अनुभूति हुन्छ। त्यसैले डा. दीपेन्द्रले धनगढीमा करिब डेढवर्ष काम गरे।

धनगढीपछि डा. दीपेन्द्र काठमाडौंको वीर अस्पतालमा सरुवा भए। वीर अस्पतालमा करिब सात महिना काम गरे। त्यसपछि उनी सरुवा भएर नुवाकोटको ककनी प्राथमिक स्वास्थ्य केन्द्रमा काम गर्न पुगे।

विशेषज्ञ भएपछि...
नुवाकोटपछि डा. दीपेन्द्र त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गतको महाराजगञ्ज चिकित्सा क्याम्पस (शिक्षण अस्पताल)मा सन् २००० स्नातकोत्तर तहको नाक, कान र घाँटी विषयमा एमएस इएनटी अध्ययन गर्न थाले। सन् २००३ मा उनको एमएस अध्ययन पूरा भयो।

तर, विशेषज्ञ अध्ययनपछि भने डा. दीपेन्द्रलाई सरकारी जागिर खान मन लागेन। त्यो बेला निजी क्षेत्रमा समेत यो विषयका चिकित्सक कमै थिए। इएनटी एमएस अध्ययनपछि उनले चितवतको भरतपुरस्थित भरतपुर मेडिकल कलेजमा काम गर्न पुगे। त्यहाँ उनले करिब डेढ वर्ष काम गरे।

भरतपुरपछि काठमाडौं फर्के डा. दीपेन्द्र। नेपाल मेडिकल कलेजमा करिब दुई वर्ष काम गरे।

प्रतिष्ठानको जागिरमा प्रवेश
नेपाल मेडिकल कलेजमा काम गर्दागर्दै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल)मा नाक, कान र घाँटी (एमएस, इएनटी) विषयको अध्ययन सुरु गर्ने तयारी भयो।

त्यसैले प्रतिष्ठानमा सो कोर्सको शैक्षिक कार्यक्रम सञ्चालनका लागि सहप्राध्यापक आवश्यक पर्यो। प्रतिष्ठान अन्तर्गतको अस्पतालका इएनटी विभागका प्रमुख डा. माधव दाहालले पनि डा. दिपेन्द्रलाई प्रतिष्ठानमा आउन अनुरोध गरे।

त्यसपछि डा. दीपेन्द्रले पनि प्रतिष्ठानमा जागिरका लागि आवेदन दिए। नभन्दै उनी जागिरमा छनोट भए। उनी २०६३ मा प्रतिष्ठानको सहप्राध्यापकका रुपमा जागिरे भए। त्यसपछि डा.दीपेन्द्र प्रतिष्ठानमा काम गर्न थाले। सरकारी अन्तर्गतकै प्रतिष्ठानमा काम गर्न पाउँदा उनी खुसी भए।

केही वर्षमा उनी प्रतिष्ठानमा स्थायी भए। सातवर्ष अघि बढुवा भएर उनी प्राध्यापक भएका छन्। डा. दीपेन्द्रले अस्पतालको नाक, कान र घाँटी विभागको विभागिय प्रमुखको रूपमा जिम्मेवारी पाएर समेत तीन वर्ष काम गरिसकेका छन्।

अहिलेसम्म उनले शल्यक्रिया गरेका बिरामी शल्यक्रिया टेबलमा नै मृत्यु भएको घटना नभएको उनले सुनाए।

प्रतिष्ठानमा चिकित्सा शास्त्रका विद्यार्थीलाई पढाउनु अनि अस्पतालमा विशेषगरी नाक, कान तथा घाँटी सम्बन्धी समस्या भएका विरामीको औषधि उपचार गर्नु उनको मुख्य काम हो।

विद्यार्थीलाई ज्ञान बाँड्न पाउँदा उनलाई आनन्द लाग्छ। विशेषगरी सर्जरीमा उनी नाक, कान र घाँटीमा भएको क्यान्सरको शल्यक्रिया गर्छन्। थाइरोइड क्यान्सरको बढी शल्यक्रिया गर्छन्।

डा. दीपेन्द्रले विभिन्न फेलोसिप तथा तालिम समेत लिएका छन्। अमेरिकाको प्रसिद्ध स्लोन क्याटेरिङ क्यान्सर सेन्टर न्यूयोर्क र इन्टरनेश्नल हेड एण्ड नेक सोसाइटीमा नाक, कान र घाँटीको क्यान्सर सर्जरी सम्बन्धि दुई वर्ष ज्ञान तथा सीप सिकेका छन् उनले।

अहिलेसम्म उनले शल्यक्रिया गरेका बिरामी शल्यक्रिया टेबलमा नै मृत्यु भएको घटना नभएको उनले सुनाए। डा. दीपेन्द्र हाल सोसाइटी अफ इएनटी सर्जन अफ नेपालको अध्यक्षको भूमिकामा समेत छ।

त्यसो त कहिलेकाहिँ शल्यक्रियाको समय तोकेको दिन उनलाई शारीरिक र मानसिक रूपमा असहज भएको अवस्थामा शल्यक्रिया नै स्थगित गर्नुपरेको समेत अनुभवसमेत छ।

कतिपटक त आन्दोलन भएको र बाटोमा जाम परेको बेलामा समेत शल्यक्रिया स्थगित गर्नु परेको अनुभव सुनाए डा. दीपेन्द्रले।

११ चैत, २०७९, १९:५४:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।