४४ मेगावाट सुपर मादीको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडियो

४४ मेगावाट सुपर मादीको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडियो

गण्डकी : कास्कीको मादी गाउँपालिका वडा नं १ र २ मा निर्मित सुपर मादी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान गरिएको छ।

कूल ४४ मेगावाटको जलविद्युत् आयोजनाको निमार्ण सम्पन्न गरी आन्तरिक परीक्षण भइ आयोजनास्थलबाट १९ किलोमिटर दूरीमा रहेको लेखनाथ सवस्टेशनमा जडान गरिएको कार्यकारी अध्यक्ष पुष्पज्योति ढुङ्गानाले जानकारी दिए।

आयोजना निर्माणमा आठ अर्ब ७० करोड रूपैयाँ खर्च भएको अध्यक्ष ढुङ्गानाले बताए। विसं २०७५ मङ्सिरदेखि निर्माण थालेको आयोजनाबाट २०७८ चैतदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य राखिए पनि कोरोना महामारी तथा २०७८ असार १ मा मादी खोलामा आएको बाढीलगायत कारणले केही समय ढिलो भएको थियो।

सुरुमा रू सात अर्ब ४७ करोड लागत भनिए पनि बाढी प्रकोप, बैंकको ब्याजदरमा आएको परिवर्तन, अर्थतन्त्रमा देखिएको तरलतालगायत कारणले उक्त लागत बढ्न गएको आयोजनाले जनाएको छ।

११ चैत, २०७९, १७:१०:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।