उकेरा टप फाइभ : क्रिकेटमा नेपाललाई ऐतिहासिक सफलतादेखि पूर्व सांसद्को छोरामाथि छानविन गर्न सरकारी निकायको बेवास्तासम्म

उकेरा टप फाइभ : क्रिकेटमा नेपाललाई ऐतिहासिक सफलतादेखि पूर्व सांसद्को छोरामाथि छानविन गर्न सरकारी निकायको बेवास्तासम्म

काठमाडौं : बिहीबार नेपाली क्रिकेटमा अर्को एक कोशेढुंगा थपियो। नेपालले पहिलोपटक एकदिवसीय विश्वकप छनोटमा छनोट भयो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा युएईलाई डीएलएस मेडथमा ९ रनले पराजित गर्दै नेपालले आगामी जुनमा हुने विश्वकप छनोटमा आफ्नो स्थान पक्का गर्यो।

बिहीबार नै निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनका लागि राजनीतिक दलहरुलाई बैठक राखेर निर्णय नगर्न निर्देशन दियो। मौन अवधि सुरु भइसकेको अवस्थामा विभिन्न दलले बैठक राखेर निर्देशन दिन र औपचारिक निर्णय गर्न थालेपछि आयोगले यस्तो नगर्न भन्यो।

त्यसैगरी राजपत्रमा बिहीबार आगामी वर्षको बिदा सार्वजनिक भयो। २०८० सालमा शनिबारबाहेक ३५ दिन सार्वजनिक बिदा हुनेछ भने त्यसमा पनि विभिन्न बिदामा विभिन्न सरकारी कार्यालय खोल्नुपर्ने भनिएको छ।

अब लागौं टप फाइभतर्फः
बिहीबार बिहान उकेराले ७७ हजार शाक्यको सामूहिक वध भएको कपिलवस्तु नगरपालिका वडा नम्बर ९ मा रहेको सगरहवा यतिबेला आन्तरिक एवं बाह्य पर्यटकको पर्खाइमा रहेको समाचार प्रकाशित गर्यो।
पूरा समाचारः कपिलवस्तुको सगरहवाः जहाँ ७७ हजार शाक्यहरूको सामूहिक वध भयो

दिउँसो पूर्व सांसद्को छोरामाथि छानविन गर्न प्रहरीदेखि अख्तियारसम्म टक्टकिएको प्रसङ्गलाई उकेराले उठायो। समाचारमा पूर्व सांसद् बिन्दिया कार्कीका छोरा रविनसिंह कार्कीको सरकारी कागज किर्ते गर्दा पनि अनुसन्धान नभएको प्रसङ्ग उल्लेख छ।
पूरा समाचारः नक्कली लाइसेन्सको घनचक्करः पूर्व सांसद्को छोरामाथि छानविन गर्न प्रहरीदेखि अख्तियारसम्म टक्टकिए

दिउँसो नै उकेराले नेपाल प्रहरी अस्पतालले मिलेमतोमा निश्चित कम्पनीलाई मात्रै मिल्ने गरी प्राविधिक स्पेशिफिकेशन बनाएर पुरानो प्रविधिको  ‘सी–आर्म’ मेसिन किन्न खरिद खरिद प्रक्रिया अगाडि बढाएको समाचार प्रकाशित गर्यो।
पूरा समाचारः निश्चित कम्पनीको उत्पादन मात्रै मिल्ने खरिद सर्त राखेर महँगोमा ‘सी–आर्म’ मेसिन किन्दै प्रहरी

साँझपख उकेराले नेपालले युएईलाई पराजित गर्दै विश्वकप छनोटका लागि स्थान सुरक्षित गर्दै ऐतिहासिक जित निकालेको समाचार प्रकाशित गर्यो। समाचारमा १८ तस्बिरसमेत संलग्न गरिएको छ।
पूरा समाचारः हजारौं दर्शकमाझ नेपालको ९ रनको जित (१८ तस्बिर)

बेलुकी उकेराले काठमाडौं महानगरले अस्पताल अगाडिको मेडिकल हटाएर निजीको पार्किङ व्यापार गरेको र टुकुचा प्वाल पारेर दुर्गन्धै दुर्गन्ध फैलाएकोबारे भिडियो सामग्री प्रकाशित गर्यो।
पूरा समाचारः नयाँ महानगरः अस्पताल अगाडिको मेडिकल हटाएर निजीको पार्किङ व्यापार, टुकुचा प्वाल पारेर दुर्गन्धै दुर्गन्ध (भिडियो रिपोर्ट)

२ चैत, २०७९, २२:०९:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।