एमालेको प्रमुख सचेतकमा पदम गिरी मनोनित, ओली र नेम्वाङ नेता र उपनेता

एमालेको प्रमुख सचेतकमा पदम गिरी मनोनित, ओली र नेम्वाङ नेता र उपनेता

काठमाडौं : एमालेले प्रतिनिधिसभाको प्रमुख सचेतकमा पूर्व स्वास्थ्यमन्त्री पदम गिरीलाई मनोनित गरेको छ।

मंगलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले यसबारे जानकारी दिएका हुन्।

अध्यक्ष ओलीले संसदीय दलको नेतामा आफू स्वयं र उपनेतामा पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई मनोनित गरेको बताए।

त्यस्तै प्रतिनिधि सभामा प्रमुख सचेतकमा गिरी र सचेतकमा महेश बर्तौलालाई नियुक्त गरेको जानकारी गराए।

राष्ट्रिय सभाको दलको नेतामा देवेन्द्र दाहाल र प्रमुख सचेतकमा भैरवसुन्दर श्रेष्ठ मनोनित भएको उनले बताए।

‘दलको नेतामा म आफैँ छँदैछु। उपनेतामा सुवासचन्द्र नेम्वाङ मनोनित हुनुभएको छ। प्रतिनिधि सभामा प्रमुख सचेतकमा पदम गिरी, सचेतकमा महेश बर्तौला नियुक्त हुनुभएको छ,’ उनले भने, ‘राष्ट्रिय सभामा दलको नेताको रूपमा काम गर्नेगरी देवेन्द्र दाहाल मनोनित हुनुभएको छ भने प्रमुख सचेतकमा भैरवसुन्दर श्रेष्ठ मनोनयन हुनुभएको छ।’

३० फागुन, २०७९, १८:२२:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।