सोमबारको उकेरा टप फाइभ : राष्ट्रपतिको शपथग्रहणदेखि पीएनजीविरुद्धको कीर्तिमानी जितसम्म

सोमबारको उकेरा टप फाइभ : राष्ट्रपतिको शपथग्रहणदेखि पीएनजीविरुद्धको कीर्तिमानी जितसम्म

काठमाडौं : सोमबार नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति निवासमा पद तथा गोपनियताको शपथग्रहण गरे।

प्रधानन्यायाधीश नभएको अवस्थामा उनले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग पद तथा गोपनियताको शपथ लिए। पौडेलको शपथसँगै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी बुढानिलकण्ठस्थित निजी निवासमा सरेकी छन्।

यस्तै, सोमबार नै नेपालले आईसीसी क्रिकेट लिग–२ को आफ्नो अन्तिम दोस्रो खेलमा पिएनजीलाई ९ विकेटले हरायो। 

अब लागौं टप फाइइभतर्फः
उकेराले सोमबार दिउँसो आईसीसी क्रिकेट लिग–२ को आफ्नो अन्तिम दोस्रो खेलमा पिएनजीलाई ९ विकेटले हराएको समाचार छाप्यो। टस जितेर पहिले बलिङ रोजेको नेपालले पिएनजीलाई ९५ रनमा समेट्यो। ९६ रनको लक्ष्य पछ्याएको नेपालले ७.४ ओभरमा १ विकेट गुमाएर १ सय रन बनायो। नेपालका आशिफ शेखले अर्धशतक बनाए।
पूरा समाचारः पीएनजीविरुद्ध नेपालको ९ विकेटको कीर्तिमानी जित, बिहीबार यूएईलाई हराए सोझै विश्वकप छनोटमा

उकेराले अपरान्ह नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेको समाचार छाप्यो। राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार दिउँसो आयोजित विशेष समारोहका बीचमा पौडेलले शपथ ग्रहण गरेका हुन्।
पूरा समाचारः राष्ट्रपति पौडेलले लिए शपथ, शीतल निवासबाट बिदा भइन् भण्डारी

त्यसैगरी उकेराले नेपाल कर्मश क्याम्पसका विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेका महेन्द्र अर्याल माथिको छानबिन अपूरो भएको भन्दै छानबिन समितिले बुझाएको प्रतिवेदन शिक्षाध्यक्ष शिव भुसालले फिर्ता पठाइदिएको समाचार पनि प्रकाशित गर्यो। माघ १३ गते शैक्षिक भ्रमण गएको बेला उपप्राध्यापक महेन्द्र अर्यालले छात्राहरूलाई यौन दुर्व्यवहार गरेको भन्दै क्याम्पस प्रशासनमा उजुरी परेको थियो।
पूरा समाचारः यौन दुर्व्यवहारमा पर्नेमा नेपाल कर्मश क्याम्पसका छात्राहरू, तर छात्रहरूको मात्र बयान लिएर फर्कियो छानबिन समिति

अपरान्ह नै उकेराले शिशिर वैद्यको विचार प्रकाशित गर्यो। अनेकौं सपनाहरू बोकेर शहर छिर्नेहरूको लर्को लाग्ने क्रम काठमाडौंमा मात्रै हैन विश्वभरिका शहरका दृश्य हुन्। यो अहिले दृश्य पनि हैन सदियौंदेखि चलिरहेको। कोही रोजगारका लागि शहर पस्छन्, कोही गरिबीले पिल्सिएर, कोही उच्च शिक्षा र उज्वल भविष्यको खोजीमा त कोही प्राकृतिक प्रकोप पीडित बनेर शहर पस्छन्।
पूरा विचारः यो शहर गरिबको पनि हैन र !

साँझमा उकेराले कोलम अन्तर्गत भुइँमान्छे प्रकाशित गर्यो। भुइँमान्छेमा भक्तपुरमा वर्षौंदेखि माटा र सेरमिक्सका भाँडा बनाएर बेचिरहेका रत्नप्रसाद प्रजापतिबारे समाचार छाप्यो। उनका उत्पादनको ९० प्रतिशत निर्यातै हुन्छ। भाँडा मात्रै चम्किएन उनको। त्यही चम्किएको भाँडोले उनको परिवारको फुस्रो जीवनलाई पनि चिल्लो बनाइदियो। यसको श्रेय आफ्नो पुस्तौनी पेशालाई आधुनिकीकरण गर्ने उनकै जोशलाई जान्छ।
पूरा समाचारः भक्तपुरका रत्न : पुर्खाको सीप तिखारेर वर्षमा पाँच करोडको माटोका भाँडा बेच्छन्, त्यो पनि विदेशमा

२९ फागुन, २०७९, २२:१२:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।