फागुनभित्रै काठमाडाैं प्लाजा सर्दै महानगर

फागुनभित्रै काठमाडाैं प्लाजा सर्दै महानगर

काठमाडौं : काठमाडौं महानगरपालिकाले नागरिकलाई सबै सेवा एकै स्थानबाट प्रवाह गर्ने गरी काठमाडौं प्लाजामा सर्ने भएको छ।

फागुनभित्रै आवश्यक प्रक्रिया पूरा गरी नेपाल ट्रष्टसँग सम्झौता गर्ने तयारी भइरहेको महानगरका सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए।

महानगरमा विभिन्न १६ विभागले अहिले दश स्थानबाट सेवा दिइरहेका छन्। धेरै स्थानबाट सेवा दिँदा महानगर र नागरिक दुवै पक्षलाई असहज भएको निष्कर्ष निकाल्दै महानगरले सर्ने तयारी गरेको उनले बताए।

२०७२ को भूकम्पअघि एकै स्थानबाट सेवा प्रवाह गरिरहेको महानगरको अहिले केन्द्रीय कार्यालय मात्र सुन्धारामा छ।

महानगरको वातावरण विभाग टेकुमा, राजस्व विभाग बबरमहल, सहकारी विभाग बिजुलीबजार, शिक्षा विभाग ताहाचल, केही विभाग राष्ट्रियसभा गृहमा गरी विभिन्न दश स्थानबाट सेवा प्रवाह गरिरहेको छ।

२४ फागुन, २०७९, १४:००:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।