उकेर टप फाइभ : पूर्व माओवादीहरूको एकताको कुरादेखि निम्सको कम्पनीमा ज्यान गुमाएकाहरूको व्यथासम्म

उकेर टप फाइभ : पूर्व माओवादीहरूको एकताको कुरादेखि निम्सको कम्पनीमा ज्यान गुमाएकाहरूको व्यथासम्म

काठमाडौं : आजको देशको राजनीति माओवादी पार्टी केन्द्रित थियो। आइतबार माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्ड लगायतका धेरै पूर्व माओवादी नेताहरू एउटै मञ्चमा उपस्थित थिए। उनीहरू मध्ये धेरै नेताहरूको धारणा अब सबै पूर्व माओवादीहरू एक हुनुपर्छ भन्ने थियो।

 

माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले कार्यक्रममा सबै माओवादी घटकहरुलाई एकतावद्ध हुन आग्रह समेत गरे। उनले आफूले एकताका लागि सबैसँग कुरा गरिरहेको र बाबुराम भट्टराईसँग त एकताको कुरा निकै अघि बढिसकेको पनि बताएका थिए।


आजका टप फाइभ

बुटवलका सुप्रिम र शिव शिखर सहकारीले कहिले फिर्ता गर्छन् बचतकर्ताको रकम ?

उकेराले आजको दिनको सुरुवात बुटवलमा रहेका दुई सहकारी, सुप्रिम र शिव शिखर सहकारीले जनतालाई दिएको दुःखको स्टोरीबाट गरेको थियो।

यी दुई सहकारीमा पैसा जम्मा गरेका आम नागरिकले आफैंले बचत गरेर राखेको पैसा पनि झिक्न पाएका छैनन्। कहिले फिर्ता पाउने ठेगान पनि छैन।

​​​​​​​अर्घाखाँची सिमेन्टमा मजदूर मृत्यु प्रकरण : एक महिनासम्म घटना गुपचुप, मिडियामा आएपछि मृतकका परिवारलाई १०/१० लाख क्षतिपूर्ति

एक महिनासम्म गुपचुप राखिएको रुपन्देहीको अर्घाखाँची सिमेन्टमा मजदूरको मृत्यु भएको प्रकरण मिडियामा आएपछि मृतकका परिवारले क्षतिपूर्ति पाएका छन्। 

प्रहरीले समेत घटनाको मुचुल्का गरेको भए पनि घटना बाहिर सार्वजनिक नगरी सुरुमा थामथुम पार्न खोजेको थियो।

​​​​​​​फेसन डिजाइनर गीताको प्रसव पीडा र खुशी : बच्चा निकाल्दा धुवाँ सुँघाएर बेहोस बनाए, होसमा ल्याउन गालै रातो हुनेगरी थप्पड हाने

उकेराको नियमित कोलम अन्तर्गत आज आइतबार ‘प्रसव पीडा र खुशी’ को पालो थियो। जसमा नेपालगन्जमा जन्मिएकी ब्युटिसियन तथा फेसन डिजाइनर गीता परियारको कथा प्रस्तुत गरिएको थियो।

के पूर्व माओवादी घटकहरू फेरि मिल्न लागेका हुन्?

आइतबार धेरै पूर्व माओवादी नेताहरूले एउटै मञ्चमा उभिएर अब माओवादीहरूबीच एकता हुनुपर्ने उल्लेख गरेका थिए। 

माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डदेखि, बाबुराम भट्टराई र विप्लव लगायतका नेताले एकताको कुरा गर्दै आम जनतालाई पूर्व माओवादी घटकहरू फेरि मिल्न लागेको अनुभूति गराइरहेका छन्।​

निम्सको कम्पनीमा ज्यान गुमाएका छेवाङका दाइ भन्छन्, ‘भर्खरको भाइको ज्यान गयो, तर राज्यले वास्तै गर्दैन’

उकेराले कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्सदाइ) को बारेमा सिरिजमा स्टोरी गर्दै आएको छ। उनै निर्मल पुर्जा लगायतले स‌ंचालन गरेको एलाइट हिमालयन एडभेन्चर्सको अफिस रहेको कपनको एक घरमा भएको विस्फोटमा परी तीन जनाको मृत्यु भएको थियो।

तर निम्सको कम्पनीमा ज्यान गुमाएकाहरूको परिवारलाई हाल न त निर्मलले वास्ता गरेका छन् न त राज्यले।

२१ फागुन, २०७९, २१:०६:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।