सन्दीपलाई समावेश गर्दै ९ खेलाडि घटाएर क्यानले घाेषणा गर्‍याे बन्द प्रशिक्षण टाेली

सन्दीपलाई समावेश गर्दै ९ खेलाडि घटाएर क्यानले घाेषणा गर्‍याे बन्द प्रशिक्षण टाेली

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत कीर्तिपुरमा हुने नेपाल, नामिबिया र स्कटल्याण्डको त्रिदेशीय सिरिजका लागि दोस्रो चरणको टोली घोषणा भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार पहिलो चरणको बन्द प्रशिक्षणमा रहेका २८ जनाको नामबाट ९ जनाको नाम हटाउँदै सन्दीप लामिछानेलाई थप गरेर २० जनाको दाेस्राे चरणकाे बन्द प्रशिक्षण टोली घोषणा गरेकाे हो।

दोस्रो चरणमा कप्तान रोहित पौडेलसँगै कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, रोहित पौडेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, करण केसी, सन्दीप लामिछाने छन्।

यस्तै, ललित राजवंशी, सन्दीप जोरा, भीम सार्की, प्रतिश जीसी, कमलसिंह ऐरी, किशोर महतो, मौसम ढकाल, सूर्य तामाङ, सोमपाल कामी र अर्जुन साउद पनि दोस्रो चरणमा सहभागी छन्।

बलात्कार आरोप लागेका लामिछानेमाथि लागेको निलम्बन मंगलबार पोखरामा बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले फुकुवा गरेको थियो। निलम्बन फुकुवा गरेलगत्तै उनलाई राष्ट्रिय टोलीमा समावेश गरिएको हो।

उच्च अदालत, पाटनले उनलाई विदेश जान रोक लगाउँदै विभिन्न पाँच शर्तसहित २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। उनीमाथि १७ वर्षीया नाबालिग बलात्कार गरेको आरोप थियो।

१९ माघ, २०७९, १९:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।